मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 

राजविराज राजविराज
|
सोमबार, चैत्र २७, २०७९
|
|
८८ पटक हेरिएको
Shares
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 

सारांश

  •     टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रनको योगफल खडा गरेको थियो ।
  • रोहन विकले सर्वाधिक ४० रन बनाए भने अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा अन्य खेलाडीले दोहरो अंकमा प्रवेश गर्न सकेनन् ।
  •       बलिङ्गमा काठमाडौँका इशान पाण्डे र गजेन्द्र बोहराले ४÷४ विकेट लिए भने गौतम केसीले १ विकेट लिए ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 

    जनकपुरमा संचालित मेयर कप टी–२० प्रतियोगिता अन्तर्गत खेलमा सप्तरीले काठमाडौँलाई ५ रनले पराजित गर्दै बिजयी सुरूवात गरेको छ । 
    टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रनको योगफल खडा गरेको थियो । रोहन विकले सर्वाधिक ४० रन बनाए भने अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा अन्य खेलाडीले दोहरो अंकमा प्रवेश गर्न सकेनन् । 
    बलिङ्गमा काठमाडौँका इशान पाण्डे र गजेन्द्र बोहराले ४÷४ विकेट लिए भने गौतम केसीले १ विकेट लिए । १ सय २ रनको लक्ष्य पछ्याउँदै काठमाडौँले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । 
    खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भएको सप्तरी क्रिकेट संघका सदस्य शम्भु दासले जानकारी दिएका छन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?