दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
चित्रगुप्त सेवा समिति सप्तरीद्वारा भगवान चित्रगुप्तको हातमा राखिएको कलम यस वर्ष ८६ हजार ६ सय ६६ रुँपैयामा बिक्रि भएको छ ।
राजविराजस्थित चित्रगुप्त मन्दिरमा शनिबार साँझ आयोजित एक कार्यक्रममा राजविराज २ निवासी कृष्णदेव दत्तले उक्त रकमको बोली लगाएर कलम खरीद गरेका हुन् ।
डाकबढाबढ गरि सर्वाधिक रकमको बोलि लगाउने व्यक्तिलाई उक्त कलम बिक्रि गर्ने र सो रकम शिक्षा, स्वास्थ्य र समाजसेवा लगायतका क्षेत्रमा खर्चिने गरिएको समितिका अध्यक्ष अशोक कर्णले बताए ।
महासचिव सतिश दत्तका अनुसार भाइटिकाका दिन मनाइने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान चित्रगुप्त र कलमको एकै साथ पूजा गर्ने गर्छन् । उनले कलम खरीद गर्ने प्रतिस्पर्धा समितिले विगत ४२ वर्षदेखी गर्दै आएको जनाए ।
सोही अवसरमा सो समुदायका ९ जना छात्रछात्रालाई वर्षेणी चित्रगुप्त छात्रबृति रकम समेत प्रदान गर्ने गरिएको छ । यसपटक छात्रतर्फ राहुल दत्त तथा छात्रातर्फ महिमा कर्ण, भूमिका कर्ण, प्रियांशु चौधरी, नेहा कर्ण, पल्लवी कर्ण, अर्चना कर्ण र प्रिया कर्णलाई चित्रगुप्त छात्रबृत्ति प्रदान गरिएको छ ।
८६ हजारमा कलम बिक्रि
सारांश
- राजविराजस्थित चित्रगुप्त मन्दिरमा शनिबार साँझ आयोजित एक कार्यक्रममा राजविराज २ निवासी कृष्णदेव दत्तले उक्त रकमको बोली लगाएर कलम खरीद गरेका हुन् ।
- डाकबढाबढ गरि सर्वाधिक रकमको बोलि लगाउने व्यक्तिलाई उक्त कलम बिक्रि गर्ने र सो रकम शिक्षा, स्वास्थ्य र समाजसेवा लगायतका क्षेत्रमा खर्चिने गरिएको समितिका अध्यक्ष अशोक कर्णले बताए ।
- महासचिव सतिश दत्तका अनुसार भाइटिकाका दिन मनाइने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान चित्रगुप्त र कलमको एकै साथ पूजा गर्ने गर्छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया