दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
सरकारले ल्याएको नयाँ कर नीति तथा स्थानिय प्रशासनको ज्यादतीको विरोधमा राजबिराजका व्यापारीहरुले पसल बन्द गरेर आईतबार विरोध ¥याली निकाल्दै आन्दोलित भएका छन् ।
सरकारले साउन १ गतेदेखि लागु हुने किसिमले ल्याएको नयाँ नीतिका कारण उद्योग व्यवसायी संकटमा पर्ने भन्दै सप्तरीका उद्योगी एवं व्यवसायीहरु आन्दोलित भएका हुन् ।
उद्योग वाणिज्य संघ सप्तरीको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले राजबिराज नगरको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरे ।
आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।
ढुवानी तथा खाद्यानमा लगाएको भ्याट अव्यवहारिक भएकोले खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा योजना लागु गर्दा व्यवसायीलाई अत्याधिक व्यभार बढनुका साथै श्रमिकसँग समन्वय गरी व्यवसायी संचालन गर्न कठिन हुने भएकाले सो नियम खारेज गर्नुपर्ने, उद्योग प्रतिष्ठानमा उत्पादन कार्यमा प्रयोग भएको डिजल (ईन्धन) मा तिरेको भ्याद मिलान गर्न पाउने व्यवस्था यथावत राख्नुपर्ने, बैंकबाट लगाईएको चर्को ब्याज तथा बिमा कम्पनीहरुबाट भएको अघोषित सिन्डिकेट प्रथालाई सरकारले हस्तक्षेप गरी उद्योगी व्यवसायीको हितका लागी लगानी गर्न सक्ने बातावरण तयार गर्न उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।
उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरूण प्रधानले सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको आरोप लगाएका छन् ।
उनले नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारिक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने बताउँदै सरकारले सो निर्णय फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा
सारांश
- सरकारले साउन १ गतेदेखि लागु हुने किसिमले ल्याएको नयाँ नीतिका कारण उद्योग व्यवसायी संकटमा पर्ने भन्दै सप्तरीका उद्योगी एवं व्यवसायीहरु आन्दोलित भएका हुन् ।
- उद्योग वाणिज्य संघ सप्तरीको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले राजबिराज नगरको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरे ।
- आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया