नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०७७
|
|
७४ पटक हेरिएको
Shares
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा

सारांश

  •     नेकपा (ओली समूह) प्रदेश २ का सचिवसमेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ८ र १३ गते ठूलो सभाको आयोजना गर्ने जानकारी दिएका छन् ।
  •       पत्रकार सम्मेलनमा माघ ८ गते यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा राजविराजमा यूवाहरुको ¥याली तथा प्रदर्शन र प्रशिक्षण तथा १३ माघमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा विशाल आमसभाको आयोजना गर्ने तय भएको जानकारी दिए ।
  •       सो क्रममा उनले पार्टीको अध्यक्षमा प्रचण्ड र वरिष्ठ नेतामा माधव नेपाल हालसम्म पनि कायमै रहेको जानकारी दिँदै पार्टीले कसैलाई निष्काशन नगरेको दाबी समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
    नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने भएको छ । विपक्षिले आन्दोलनको माहोल तताइरहेका बेला सप्तरीमा नेकपाको सत्तापक्षले पनि शक्ति प्रर्दशन गर्ने भएको हो । 
    नेकपा (ओली समूह) प्रदेश २ का सचिवसमेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ८ र १३ गते ठूलो सभाको आयोजना गर्ने जानकारी दिएका छन् । 
    पत्रकार सम्मेलनमा माघ ८ गते यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा राजविराजमा यूवाहरुको ¥याली तथा प्रदर्शन र प्रशिक्षण तथा १३ माघमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा विशाल आमसभाको आयोजना गर्ने तय भएको जानकारी दिए । 
    सो क्रममा उनले पार्टीको अध्यक्षमा प्रचण्ड र वरिष्ठ नेतामा माधव नेपाल हालसम्म पनि कायमै रहेको जानकारी दिँदै पार्टीले कसैलाई निष्काशन नगरेको दाबी समेत गरे । 
    प्रधानमन्त्री ओलीले नेपालमा अस्थिरता निम्त्याउन सक्रिय देशी र विदेशीको षडयन्त्र असफल पार्न प्रतिनिधिसभा भंग गर्न बाध्य भएको जिकिर गर्दै उनको सो कदमको बचाउ पनि गरे । 
    नेता सुमनले प्रश्न जनताको नासो जनतालाई नै सुम्पिदा प्रधानमन्त्रीले चालेको कदम कसरी असंबैधानिक भयो भन्ने प्रश्न समेत गरे । उनले मुलुकमा हालसम्म ३८ वटा प्रधानमन्त्री भइसकेपनि राष्ट्रियता र जनताको हितका लागि ३७ वटा प्रधानमन्त्रीले गर्न नसकेका कामहरु अहिले प्रधानमन्त्री ओलीले गरेर देखाइदिएको दाबी पनि गरे । 
    पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला प्रवक्ता सुखराम यादवले माघ १३ गतेको आमसभामा उपप्रधानमन्त्री पोखरेलका साथै सहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेल र रघुबिर महासेठ समेत सहभागि हुने जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
सडेगलेको अवस्थामा महिलाको शव फेला 
सडेगलेको अवस्थामा महिलाको शव फेला 
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो