बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २६, २०७७
|
|
४० पटक हेरिएको
Shares
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने

सारांश

  •     महोत्सव सम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयोजक रकी इन्टरटेन्टमेन्ट एण्ड एडभरटाइजिङ राजविराजका अध्यक्ष रकी झाले कोरोनाबाट थलिएको व्यपार ब्यवसायी, मनोरन्ज, खेलकुद लगायतका क्षेत्रलाई गति दिने उद्देश्यले राष्ट्रिय महोत्सव २०२१ को आयोजना गरिने जानकारी दिएका छन् ।
  •       उनले २०७८ बैशाख ३१ देखी जेठ १० गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने भन्दै कोरोनाका कारण थलिएको ब्यापार, ब्यवसायी, मनोरन्जन, खेलकुद लगायतका क्षेत्रलाई गति दिनका लागि महोत्सवले थोरै भएपनि उर्जा थप्ने बताए ।
  •       महोत्सवमा मनोरन्जका विभिन्न साधनका साथै एक सय वटा व्यवसायिक स्टल पनि रहने छन् भने महोत्सव अवधीभर स्थानिय, राष्ट्रिय तथा छिमेकी राष्ट्र भारतका चर्चित कलाकारहरुद्वारा साँस्कृतीक कार्यक्रम प्रस्तुत हुने तय भएको जानकारी समेत गराइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
    आउँदो बैशाख ३१ गतेदेखी राजविराजमा ११ दिने राष्ट्रिय महोत्सव हुने भएको छ । 
    महोत्सव सम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयोजक रकी इन्टरटेन्टमेन्ट एण्ड एडभरटाइजिङ राजविराजका अध्यक्ष रकी झाले कोरोनाबाट थलिएको व्यपार ब्यवसायी, मनोरन्ज, खेलकुद लगायतका क्षेत्रलाई गति दिने उद्देश्यले राष्ट्रिय महोत्सव २०२१ को आयोजना गरिने जानकारी दिएका छन् । 
    उनले २०७८ बैशाख ३१ देखी जेठ १० गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने भन्दै कोरोनाका कारण थलिएको ब्यापार, ब्यवसायी, मनोरन्जन, खेलकुद लगायतका क्षेत्रलाई गति दिनका लागि महोत्सवले थोरै भएपनि उर्जा थप्ने बताए । 
    महोत्सवमा मनोरन्जका विभिन्न साधनका साथै एक सय वटा व्यवसायिक स्टल पनि रहने छन् भने महोत्सव अवधीभर स्थानिय, राष्ट्रिय तथा छिमेकी राष्ट्र भारतका चर्चित कलाकारहरुद्वारा साँस्कृतीक कार्यक्रम प्रस्तुत हुने तय भएको जानकारी समेत गराइएको छ । 
    उनले स्थानिय राजरंगशालामा आयोजना हुने महोत्सवबाट संकलित भएको रकम मध्ये ५ प्रतिशत रकम बृद्धा आश्रम निर्माण कार्यमा सहयोग गरिने जानकारी दिए । 
    सो महोत्सवमा मिष्टर एण्ड मिस नेपाल, सिंगिङ आइडल नेशन, डान्सिङ आइडल नेशन तथा मिष्टर फिजिक्स नेशन २०२१ छनौटका लागि प्रतिष्पर्धात्मक कार्यक्रम समेत समावेश गरिएको महोत्सवका सहआयोजक मोशन पिक्चर प्रालिका प्रतिनिधि प्रतिक श्रेष्ठले बताए । 
    उक्त प्रतिस्पर्धामा सहभागि हुन इच्छुकका लागि अनलाइन आवेदन बैशाख १ गतेदेखी ३० गतेसम्म खुल्ला गरिने आयोजकले जानकारी दिएको छ । उक्त प्रतिस्पर्धामा बिजयी हुने प्रतियोगिलाई मोटसाइकल, स्कुटर, ट्रफि र कदरपत्रका साथै नगद पुरस्कारसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 
    कुल एक करोड खर्च हुने अनुमान गरिएको महोत्सवमा सो खर्च विभिन्न प्रायोजक संघ संस्था, व्यवसायीक प्रतिष्ठान र प्रवेश शुल्कबाट जुटाइने आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन