महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
४६ पटक हेरिएको
Shares
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

सारांश

  •     कार्यक्रममा प्रमुख अतिथि तथा प्यानल सदस्य मन्जु श्रेष्ठले महिलाको सहभागिता बिना समाजको समग्र विकास सम्भव नहुने बताउँदै महिलालाई शिक्षा, सीप र अवसरको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताइन् ।
  • महिलाले आफ्नो अधिकारप्रति सचेत हुँदै नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
  •     अतिथि तथा प्यानल सदस्य अधिवक्ता मनु खनालले महिलाका अधिकार संरक्षणका लागि कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

दैनिक समाचारदाता
राजबिराज, २४ फागुन ।

    राजबिराज जेसीजको आयोजनामा ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “आजको समयमा महिलाको भूमिका” विषयक अन्तरक्रिया तथा प्यानल छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ । 
    कार्यक्रममा प्रमुख अतिथि तथा प्यानल सदस्य मन्जु श्रेष्ठले महिलाको सहभागिता बिना समाजको समग्र विकास सम्भव नहुने बताउँदै महिलालाई शिक्षा, सीप र अवसरको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताइन् । महिलाले आफ्नो अधिकारप्रति सचेत हुँदै नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
    अतिथि तथा प्यानल सदस्य अधिवक्ता मनु खनालले महिलाका अधिकार संरक्षणका लागि कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । पत्रकार अम्बिका दाहालले सञ्चारमाध्यमले महिलाको सकारात्मक योगदान र सफलताका कथालाई प्राथमिकताका साथ उजागर गर्नुपर्ने धारणा व्यक्त गरिन् । अधिकारकर्मी अनिता देवकोटाले समाजमा अझै देखिने लैङ्गिक विभेद अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । राजबिराज जेसीजकी पूर्व अध्यक्ष नानी मैया कटवालले महिलालाई सामाजिक तथा नेतृत्वदायी भूमिकामा सक्रिय हुन प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याइन् । 
    राजबिराज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रवी कुमार रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसी मधु रायले संयोजन तथा कार्यक्रम जेसी रन्जना चौधरीले संचालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, समाजसेवी, विद्यार्थी तथा स्थानीय महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
घरबाट दराज र बाकसै उठाएर चोरी
घरबाट दराज र बाकसै उठाएर चोरी
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह