तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने

राजविराज राजविराज
|
आइतबार, पौष ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने

सारांश

  •     राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागले जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुसँग आइतबार राजविराजमा सम्पन्न गरेको अन्तरक्रियामा सो जानकारी दिइएको हो ।
  •       आयोजित अन्तरक्रियामा राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं.
  • २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा ब्यक्तिगत बिवरण सहितको चिप्स कार्ड अर्थात राष्ट्रिय परिचय पत्र बितरण गर्ने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 
    सप्तरीमा तीन महिना भित्रै राष्ट्रिय परिचयपत्र बितरण हुने भएको छ । 
    राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागले जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुसँग आइतबार राजविराजमा सम्पन्न गरेको अन्तरक्रियामा सो जानकारी दिइएको हो । 
    आयोजित अन्तरक्रियामा राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं. २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा ब्यक्तिगत बिवरण सहितको चिप्स कार्ड अर्थात राष्ट्रिय परिचय पत्र बितरण गर्ने जानकारी दिए ।
    निर्देशक न्यौपानेले जिल्लाका १६ बर्षदेखि माथि उमेर पुगेका ३ लाख ८४ हजार ७ सय ८५ जना नागरिकलाई परिचयपत्र बितरण गर्नका लागि केही दिनमै टेन्डर प्रक्रियादेखि कर्मचारी छनौट गर्ने  बताए । उनले सो प्रक्रियाका लागि तीन महिना समय लाग्ने जानकारी समेत दिए ।
    परिचयपत्र ब्यबस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्दै न्यौपानेले राष्ट्रिय परिचयपत्रले जैबिक तथा व्यक्तिगत बिवरण र बिद्युतिय चिप्स एंव सुरक्षा सहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरि राष्ट्रिय परिचय नम्वर उल्लेख भएको कार्ड दिईने बताए ।
    नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरि अभिलेख राख्ने प्रणालीको बिकास गरि त्यसको प्रतिफल स्वरूप नागरिकलाई प्रदान गर्ने परिचय लागू गरिने उद्देश्य रहेको उनले जिकिर गरे ।
    नेपाल सरकारले पहिलो चरण लागि पाँचथर जिल्ला र सिहदरवारका कर्मचारीलाई राष्ट्रिय परिचयपत्र बितरणका लागि छनोट गरिएकोमा कार्ड बितरण कार्य सुरू भईसकेको उनले जानकारी दिए ।
    गृह मंत्रालयले बिदेशी कम्पनीवाट २ लाख ५० हजारको क्षमता भएको सरभर ल्याएको र केही थप सरभर थपिने गरी तीन महिना भित्रै परिचयपत्र बितरण कार्यक्रम सुरू गर्ने लक्ष्य रहेको निर्देशक न्यौपानेको दाबी छ । 
    यता चालु आर्थिक बर्षमा सात वटै प्रदेश तथा १५ जिल्लामा राष्ट्रिय परिचयपत्र बितरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागी राय सुझाव संकलन कार्य समेत जारी रहेको उनको भनाई  छ ।
    सो अवसरमा प्रदेश सांसद नेत्रबिक्रम साहले राष्ट्रिय परिचयपत्र बितरण कार्य प्रभाकारी बनाउन नागरिकताबाट बञ्चित भएका तथा जन्मसिद्वको आधारमा नागरिकता लिएका छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिनका लागि राष्ट्रिय परिचयपत्र बितरण जस्तै छुटेकालाई टोली बनाई नागरिकता दिनुपर्ने माँग गरे ।
    यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक ब्यक्ति एक परिचय पत्र नम्वरको कारण सामाजिक सुरक्षा कार्यक्रम, समाजिक बिमा, पेन्सन सुबिधा एंव सरकारवाट दिईने अन्य सेवा सुबिधामा भईरहेको चुहावट नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पुग्ने बताए ।
    त्यस्तै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अपराधीको पहिचान गर्नमा समेत परिचयपत्र उपयोगि हुने तथा कर, राजश्व छली, आर्थिक प्रशासनिक तथा बिकास ब्यबस्थापनका क्षेत्रमा हुन सक्ने अनियमिततालाई नियन्त्रण, भुमी ब्यबस्थापनका क्षेत्रमा हुने अनियमितता र अनाधिकृत कारोबार नियन्त्रण तथा मुलुकमा सुशासन कायम गर्न उपयोगी प्रमाणित हुने उनको विश्वास छ । 
    सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब, राजबिराज नगरपालिका प्रमुख शम्भु यादब, तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंह, बलानबिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोईत, राजबिराज नगरपालिका निमित्त प्रशासकिय अधिकृत राजेश कुमार राज, राजबिराजका उपप्रमुख साधना झा, संचारकर्मी श्रवणकुमार देव, सुधा देब, चन्दनकुमार यादब, भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
सांसद साहले एयरपोर्टमा गरे तोडफोड
सांसद साहले एयरपोर्टमा गरे तोडफोड
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ