दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
क्रिकेटका लागि उर्वर भूमी मानिएको सप्तरीका बालबालिकालाई लक्षित गरि विदेशी प्रशिक्षकद्वारा ग्रासरुट प्रशिक्षण सुरु गरिएको छ ।
प्रशिक्षणमा जिल्लाभरमा विद्यालयबाट छात्रछात्राहरुले उल्लेख्यीय सहभागिता जनाएका छन् । दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विदेशी प्रशिक्षकको सहभागितामा जिल्लामा ग्रासरुट क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
ग्रासरुट क्रिकेट प्रशिक्षणमा जिल्लाका नीजि तथा सामुदायिक विद्यालयका छात्रछात्राको उत्साहजनक सहभागिता रहेको छ । ९ वर्ष देखि १८ वर्ष सम्मका छात्रछात्रालाई लक्षित गरेर संघले सोमवारदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।
विद्यालयस्तरबाट क्रिकेटका दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले थालिएको ग्रासरुट प्रशिक्षण संगै आन्तरिक प्रतिस्पर्धा गराई निकट भविष्य मै हुन लागेको प्रधानमन्त्री कप क्रिकेट तथा टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितका लागी जिल्ला टिमको खेलाडी छनौट समेत गरिने तयारी भईरहेको सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले जानकारी दिए ।
इङ्गलैण्डबाट आएका ४ महिला र २ पुरुष गरी ६ जना विदेशी प्रशिक्षकको सहभागितामा ग्रासरुट प्रशिक्षण सुरु गरिएको हो ।
कार्यक्रमको सहयोगि संस्था सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले ६ दिन सम्म चल्ने प्रशिक्षणमा जिल्लाभरका विद्यालयबाट गरी १ सय २५ छात्रा र २ सय १० छात्र गरी ३ सय ३५ जनाको सहभागिता रहेको जनाए ।
इङ्गलेण्डबाट आएका अली एसडी केइड्री, (पुरुष), सकिब शिनहास (पुरुष), योलान्ड हरिष, (महिला), सारा वेग, (महिला), काजल बेज्रहास (महिला) र रोववेली (महिला) प्रशिक्षणमा सहभागि छन् ।
यस्तै नेपाली प्रशिक्षक धमेन्द्र चौधरी, राहुल सिंह, उज्जवल यादव, निरज ंिसह र दिपेन्द्र चौधरी समेत सहभागी भई प्रशिक्षण कार्यमा सघाई रहेका छन् ।
सहभागी छात्रछात्रालाई लिखित तथा प्रयोगात्मक दुबै तरिकाबाट प्रशिक्षण दिने व्यवस्था मिलाइएको इङ्गलैन्डको मेलवोर्न क्रिकेट क्लबकी प्रशिक्षक समेत रहेकी प्रशिक्षक सारा वेगले बताईन ।
यस्तो ग्रासरुट प्रशिक्षण जिल्लाको खडक नगपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा समेत संचालन गर्ने योजना बनाइएको र यसले नेपाली क्रिकेटलाई निकै उपलब्धी प्राप्त हुने प्रशिक्षक सारा वेगको भनाई छ ।
जिल्लामा दोश्रो पटक यस्तो कार्यक्रम मार्फत प्रशिक्षण हुन लागेको हो । सप्तरी क्रिकेट खेलको उर्वर भुमि मानिएकाले ग्रासरुट कार्यक्रमबाट नयाँ नयाँ प्रतिभाको उदय हुने विश्वास गरिएको छ । कार्यक्रमका लागी विद्यालयका छात्रछात्रा निकै उत्साहित देखिएका छन् ।
विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण
सारांश
- प्रशिक्षणमा जिल्लाभरमा विद्यालयबाट छात्रछात्राहरुले उल्लेख्यीय सहभागिता जनाएका छन् ।
- दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विदेशी प्रशिक्षकको सहभागितामा जिल्लामा ग्रासरुट क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
- ग्रासरुट क्रिकेट प्रशिक्षणमा जिल्लाका नीजि तथा सामुदायिक विद्यालयका छात्रछात्राको उत्साहजनक सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया