राजविराज प्रिमियर लिग सुरु

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १४, २०७८
|
|
२१ पटक हेरिएको
Shares
राजविराज प्रिमियर लिग सुरु

सारांश

  •     टस जितेर ब्याटिङ गर्दै वडा १ क्रिकेट क्लबले १५ दशमलब ५ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय १७ रनको चुनौती पेश गरेको थियो ।
  •       जवाफि ब्याटिङमा उत्रेका वडा ३ क्रिकेट क्लबले १० दशमलब ४ ओभरमै बिजयी लक्ष्य हासिल गरेको थियो ।
  • उक्त खेलको म्यान अफ दि म्याच बिजयी टिमका रबिन सिंह घोषित भए ।

    राजविराज÷राजविराज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारदेखी सुरु भएको छ । 
    स्थानिय पविमाविको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ, उपप्रमुख साधना झाले बलिङ तथा वडा अध्यक्ष समिर झाले अम्पायरिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् । 
    प्रतियोगिताको उद्घाटन खेलमा वडा ३ क्रिकेट क्लबले वडा १ क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै बिजयी सुरुवात गरेको छ । 
    टस जितेर ब्याटिङ गर्दै वडा १ क्रिकेट क्लबले १५ दशमलब ५ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय १७ रनको चुनौती पेश गरेको थियो । 
    जवाफि ब्याटिङमा उत्रेका वडा ३ क्रिकेट क्लबले १० दशमलब ४ ओभरमै बिजयी लक्ष्य हासिल गरेको थियो । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टिमका रबिन सिंह घोषित भए । 
    राजविराज नगरपालिका तथा अन्य संघसंस्थाको सहयोग र वडा ५ कार्यालयको आयोजनामा संचालित प्रतियोगितामा कुल ६ वटा टिमको सहभागिता रहेको वडा अध्यक्ष समिर झाले बताए । 
    प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ५१ हजारसहित ट्रफि र मेडल प्रदान गरिने छ । यस्तै दोश्रो हुने टिमलाई २५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिने छ । 
    उद्घाटन समारोहको संचालन क्रिकेटर पवन दासले तथा अतिथिहरुको स्वागत वडा सदस्य गंगासागर गुप्ताले गरेका थिए । फागुन २० गतेसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हजार तीन सय गाँजाका बोट फडान
एक हजार तीन सय गाँजाका बोट फडान
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
रौतहट बस दुर्घटनामा सप्तरीका ७ जनासहित एक दर्जन भन्दा बढी घाइते 
रौतहट बस दुर्घटनामा सप्तरीका ७ जनासहित एक दर्जन भन्दा बढी घाइते 
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित