दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मा मंगलबार भएको आगलागिमा ९ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो आगलागिमा नगद ३३ हजारसहित चार घर जलेर नष्ट भएको हो ।
स्थानिय दशनलाल बातरको गाईगोठमा बालिएको घुरबाट सल्लेको आगोले छोराहरु राजकुमार सरदार, जितन सरदार र सोमन सरदारको घर जलेर नष्ट भएको स्थानियवासीले जनाएका छन् ।
उक्त आगलागीबट सिमेन्टको पिलर र जस्ताले छाएको १ वटा गाई गोठ, २ वटा घर र घर भित्र रहेको लताकपडा, भाडाकुडा, काठपात, अन्नपात, पानी तान्ने मोटर, १५ तोला चाँदी गरि ९ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, स्थानियबासी र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।
यसैबीच गाउँपालिकाबाट बुधबार अग्निपीडित परिवारलाई राहत बितरण गरिएको छ । प्रत्येक परिवारलाई चामल २५ किलो, चिउरा २ किलो, मुरही ५ किलो, साडी, लुंगि, त्रिपाल, भुजिया, साबुन, तन्ना, लगायतका सामाग्रि बितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष हरिनाराण मण्डल तथा विपद् व्यवस्थापन अधिकृत राजेश झाको उपस्थिती रहेको थियो ।
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
सारांश
- स्थानिय दशनलाल बातरको गाईगोठमा बालिएको घुरबाट सल्लेको आगोले छोराहरु राजकुमार सरदार, जितन सरदार र सोमन सरदारको घर जलेर नष्ट भएको स्थानियवासीले जनाएका छन् ।
- उक्त आगलागीबट सिमेन्टको पिलर र जस्ताले छाएको १ वटा गाई गोठ, २ वटा घर र घर भित्र रहेको लताकपडा, भाडाकुडा, काठपात, अन्नपात, पानी तान्ने मोटर, १५ तोला चाँदी गरि ९ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, स्थानियबासी र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया