हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते

राजविराज राजविराज
|
सोमबार, चैत्र १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते

सारांश

  •     आइतबार साँझ बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट १२ जना पुरुष, १० जना महिला तथा ५ जना बालबालिकाको ज्यान गएको हो ।
  • यता घाइते भएकाहरुको कलैया, वीरगञ्जलगायतका अस्पतालमा तथा गम्भिर घाइते भएका ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
  •       बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट आइतबारराती सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
    मुलुकककै इतिहासमै ठूलो विपत आइतबार साँझ असिनासँगै आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति भएको छ । सो हावाहुरीबाट २७ जनाको ज्यान गएको छ भने ४ सय बढी घाइते भएका छन् । 
    आइतबार साँझ बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट १२ जना पुरुष, १० जना महिला तथा ५ जना बालबालिकाको ज्यान गएको हो । यता घाइते भएकाहरुको कलैया, वीरगञ्जलगायतका अस्पतालमा तथा गम्भिर घाइते भएका ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ । 


    बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट आइतबारराती सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।


    यता सो घटनाबाट सबै भन्दा बढी फेटा गाउँपालिकाका एकै परिवारका चार जनासहित १९ जनाको मृत्यु भएको छ । 
प्रदेश सरकारद्वारा ३ लाख दिने निर्णय
    यसैबीच सोमबार बिहान प्रदेश नं २ को मन्त्रिपरिषद्को सम्पन्न आकस्मिक बैठकले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै प्रत्येक मृतक परिवारलाई रु. ३ लाखका दरले राहत दिने निर्णय गरेको छ । 


    प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय समेत गरेको छ । 
    बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले प्रत्येक मृतकलाई रु तीन लाखका दरले तत्कालीन राहत दिने तथा उपचारमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए । 


    त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए । 
संघीय सरकारद्वारा ४ सय ६८ वटा त्रिपाल प्रदान
    आइतबार साँझ असिनासँगै आएको हावाहुरीबाट बारा र पर्सा जिल्लाका प्रभावित क्षेत्रमा संघीय सरकारले ४ सय ६८ वटा त्रिपाल पठाएको छ । 
    गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४ सय ६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।
    यस्तै संघीय सरकारले त्रिपालसँगै ४ हजार १ सय ६८ थान कपडा समेत पठाइएको जनाएको छ । ५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए । 
नेउवा महासंघद्वारा ५० लाख सहयोग घोषणा
    नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

    महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । 
    बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको छ । 
    प्रदेश नम्बर २ तथा बारा र पर्साका जिल्ला उद्योग वाणिज्य महासंघमार्फत राहत वितरण गर्ने महासंघको तयारी छ ।
राजपाद्वारा ५ लाख सहयोग घोषणा
    राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
    राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट पनि ५ लाख रुपैयाँ सहयोगको सोमबार विज्ञप्ति जारी गरी घोषणा गरेका हुन् ।


    राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ । नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
    प्राकृतिक विपत्तिको घडीमा प्रदेश २ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै उनले संघीय सरकारलाई समेत राहत र उद्दार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।
    राजपाले दुखको घडीमा सहयोग गर्न आम नागरिक, व्यवसायी, उद्योगी, संघ संस्था र देश विदेशमा रहेका नागरिकलाई आग्रह गरेका छन् ।
काँग्रेसका सांसदद्वारा दुई दिनको तलब सहयोग
    बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि नेपाली काँग्रेसका सांसदहरुले राहत स्वरुप दुई (२) दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।
    काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार एक विज्ञप्ति जारी गर्दै बारा पर्साका हावाहुरी प्रभावितलाई संघीय संसदका प्रतिनिधिहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने जनाएका छन् ।
नेकपाका सांसदद्वारा एक दिनको तलब सहयोग 
    यता नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक तलब सहयोग गर्ने घोषणा गरेको छ ।
काँग्रेस प्रदेश २ ले पीडितलाई १० लाख दिने घोषणा
    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । 
    काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 
    हावाहुरीका कारण घर भत्केर खानबाट वञ्चित भइरहेकाहरुलाई राहत तथा खाना बस्नका लागी शिविर सञ्चालनका लागि नेपाली काँग्रेस प्रदेश २ ले १० लाख रुपैयाँ दिने भन्दै उनले यस विपतको घडिमा सबै कार्यकर्ता सक्रिय रुपमा राहत तथा उद्धारमा जुट्नु आव्हान समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने 
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने 
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित
सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित