महिलालाई आत्मनिर्भर बनाउने प्रयास

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०८२
|
|
६९ पटक हेरिएको
Shares
महिलालाई आत्मनिर्भर बनाउने प्रयास

सारांश

  • २०८१ माघ १३ देखी संघद्वारा सुरु गरिएको तीन महिने निःशुःल्क सिलाई कटाई तालिम आईतवार सम्पन्न भएपछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
  •       तालिममा सहभागीहरुका लागी आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी प्रत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गरिब विपन्न बेरोजगार महिलालाई स्वरोजगारको सिर्जना गर्न र आय आर्जनको श्रोत जुटाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
  •       ९० दिन सम्म चलेको तालिममा नगर र आसपास क्षेत्रका २० जना महिलाले तालिम प्राप्त गरेको प्रशिक्षिका प्रमिला यादवले जानकारी दिईन ।

दैनिक समाचारदाता
राजविराज, २१ वैशाख । 

    नेपाल–भारत मैत्री संघ सप्तरीले तीन महिने निःशुल्क सिलाइ कटाई तालिम दिएर गरिब विपन्न महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरेको छ । 
२०८१ माघ १३ देखी संघद्वारा सुरु गरिएको तीन महिने निःशुःल्क सिलाई कटाई तालिम आईतवार सम्पन्न भएपछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  
    तालिममा सहभागीहरुका लागी आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी प्रत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गरिब विपन्न बेरोजगार महिलालाई स्वरोजगारको सिर्जना गर्न र आय आर्जनको श्रोत जुटाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । 
    ९० दिन सम्म चलेको तालिममा नगर र आसपास क्षेत्रका २० जना महिलाले तालिम प्राप्त गरेको प्रशिक्षिका प्रमिला यादवले जानकारी दिईन । 
प्रशिक्षार्थी काजल कुमारीले तालिममा प्राप्त ज्ञानलाई फुर्सदको समयमा सदुपयोग गर्ने र घर मै वसेर व्यवसाय संचालन गरी आय आर्जन गर्ने अवसर र हौसला मिलेको सुनाईन । 
    नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाको अध्यक्षतामा आयोजित प्रमाणपत्र वितरण तथा समापन समाहरोमा संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, उपाध्यक्ष ओम प्रकास साह, महासचिव सत्यवान कुमार सिंह, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, नेपाली काँग्रेस मधेश प्रदेश समितीका सहमहामन्त्री विन्दु कुमारी यादव लगायतले पनि शुभकामना दिदै गरिब विपन्न महिलाहरुको आत्मबल बढाउन तथा सीप सिकाएर उनीहरुलाई आय आर्जनको श्रोत जुटाउन संघले गरेको प्रयास सराहायनीय कार्य भएको बताएका थिए । 
    तालिममा सहभागी भएकाहरुका लागी सिलाई मेशीन खरिद र प्रशिक्षिकाको पारिश्रमिक लगायतका कार्यमा भएको खर्च समाजेवी शैलेन्द्र मोहन झा, नेपाल–भारत मैत्री संघ सप्तरी शाखाका अध्यक्ष मनोज मुन्धडा र साहित्यकर्मी समेत रहेकी नेपाल–भारत मैत्री संघ उदयपुरकी अध्यक्ष करुणा झाले मिलेर नीजी लगानी गरेर व्यवस्थापन गरेको तालिम आयोजक संस्थाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?