दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि सोमवार भुमिपुजन गरि अस्पतालको शिलान्यास गरिएको छ ।
खडक नगरपालिकाको वडा नं. ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएको हो । खडक नगरपालिका र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौ बीच २०७९ असार १५ मा सम्झौता भएको थियो । उक्त कन्स्ट्रक्सनले २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैया १ पैसामा निर्माण कार्यका लागि सम्झौता गरेको छ ।
अस्पताल शिलान्यासपछि खडक नगरपालिका मेयर जयप्रकाश चौधरीले नगरपालिका जनतामा स्वास्थ्य उपचारमा सहजाता हुने दावी गर्दै जनताको स्वस्थ बनाउन सकेमात्र स्वस्थ समाजको कल्पना सार्थक हुने बताए ।
सो अवसरमा उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रशाकिय अधिकृत कुन्दन कर्ण, वडा नं. ५ अध्यक्ष बिजय साह, पूर्व मेयर हेमायु हक लगायत स्थानीय राजनीतिक दल तथा स्थानियहरुको सहभागीता रहेको थियो ।
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
सारांश
- खडक नगरपालिकाको वडा नं.
- ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएको हो ।
- खडक नगरपालिका र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया