दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
विश्व हात धुने दिवसको अवसरमा बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको छ ।
युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा कोरोना महामारीको संक्रमणलाई समेत मध्यनजर गर्दै सो हातधुने स्टेशन जडान गरिएको हो ।
सो स्टेशनको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरिक्षक राजेन्द्र धमलाले हात धोएर उद्घाटन गरे । यसअघि संस्थाले राजविराजस्थित दुबै अदालत, करदाता सेवा कार्यालय लगायतका स्थानमा सो स्टेशन जडान गरिसकेको संस्था अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
यस्तै एसएनभि नेपालको सहयोगमा एवं खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्वारा वडा नं ७ को स्वास्थय चौकिमा साबुन पानीले हात धुने कार्यक्रमको उद्घाटन गरिएको छ ।
सो अवसरमा खडक नगरपालीकाका नगर प्रमुख हेमायु हकले सहभागि सबै जनालाई “कोरोना महामारीको प्रकोप न्युनीकरण र स्वस्थयकर बानी व्यवहारका लागि जोखिमपुर्ण अवस्थामा साबुनपानीले हात धुने मेरो बाचा” भन्ने प्रतिबद्धतामा हस्ताक्षर गराएका छन् ।
यसैगरी उप्रमुख याशमिन सुल्तान, प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, एसएनभि नेपालका कृष्ण जिसी, वडा नं ७ का वडा अध्यक्ष राकेश साह, स्वास्थ शाखा प्रमुख जयकान्त पण्डित, नेपाली सेना, ईलाका प्रहरी कार्यालय लगायतका प्रतिनिधीहरु तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो ।
देश भरी यसपाली अक्टोबर महिनाभरी “हातको सरसफाइ सबैको लागि साबुनपानी सधै साथ साथ“ भन्ने नाराका साथ साबुन पानीले हातधुने महाअभियान संचालन गरिरहेको सबल नेपालका प्रमेश्वर झाले जानकारी दिए ।
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो
सारांश
- युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा कोरोना महामारीको संक्रमणलाई समेत मध्यनजर गर्दै सो हातधुने स्टेशन जडान गरिएको हो ।
- सो स्टेशनको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरिक्षक राजेन्द्र धमलाले हात धोएर उद्घाटन गरे ।
- यसअघि संस्थाले राजविराजस्थित दुबै अदालत, करदाता सेवा कार्यालय लगायतका स्थानमा सो स्टेशन जडान गरिसकेको संस्था अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया