दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ६ बभनगाामाकट्टी टोलका अग्नीपीडितलाई नेपाल–भारत मैत्री संघले राहत वितरण गरेको छ ।
संघको केन्द्रिय कार्यालयको सहयोग र जिल्ला शाखा सप्तरीको समन्वयमा आईतवार १२ जना अग्निपीडित परिवारलाई राहत वितरण गरेको हो ।
नेपाल–भारत मैत्री संघ शाखा सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा अग्निपीडित १२ जना परिवारलाई भाँडा कुँडा, साडी, झुल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराईएको छ ।
उक्त अवसरमा नेपाल–भारत मैत्री संघ सप्तरीका उपाध्यक्ष ओमप्रकाश शाहका साथै उदयपुर शाखाका अध्यक्ष करुणा झा, छिन्नमस्ता अस्पतालका कर्मचारी दिपेन्द्र प्रसाद यादव लगायतको पनि उपस्थिति रहेको थियो ।
गत बैशाख २६ गते राति भएको आगलागीमा उक्त वडाका १२ परिवारका २० घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको थियो ।
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
सारांश
- संघको केन्द्रिय कार्यालयको सहयोग र जिल्ला शाखा सप्तरीको समन्वयमा आईतवार १२ जना अग्निपीडित परिवारलाई राहत वितरण गरेको हो ।
- नेपाल–भारत मैत्री संघ शाखा सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा अग्निपीडित १२ जना परिवारलाई भाँडा कुँडा, साडी, झुल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराईएको छ ।
- उक्त अवसरमा नेपाल–भारत मैत्री संघ सप्तरीका उपाध्यक्ष ओमप्रकाश शाहका साथै उदयपुर शाखाका अध्यक्ष करुणा झा, छिन्नमस्ता अस्पतालका कर्मचारी दिपेन्द्र प्रसाद यादव लगायतको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया