१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 

राजविराज राजविराज
|
बिहिबार, बैशाख १०, २०८३
|
|
८४ पटक हेरिएको
Shares
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 

सारांश

  •     सप्तरीको सप्तकोशी नगरपालिका २ सिद्धिपुर टोलका ४३ बर्षीय बिरेन्द्र राम परिवारजनसँग सम्पर्क बिहीन भएका हुन् ।
  •       परिवारजनले रामको हुलिया विवरण सहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिदै खोज तलाशका लागि आग्रह गरेका छन् ।
  •     पेशाले सवारी चालक रहेका राम एक बर्ष अघि भएको दुर्घटनामा गम्भिर घाईते भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।

    सप्तरीका एक युवक १२ दिन अघि बेपत्ता भएका छन् भने भारतको उत्तरप्रदेश राज्यस्थित बनारस शहर गएका अर्का युवा बेपत्ता भएको २० दिनपछि विहीबार भेटिएका छन् ।
    सप्तरीको सप्तकोशी नगरपालिका २ सिद्धिपुर टोलका ४३ बर्षीय बिरेन्द्र राम परिवारजनसँग सम्पर्क बिहीन भएका हुन् । 
    परिवारजनले रामको हुलिया विवरण सहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिदै खोज तलाशका लागि आग्रह गरेका छन् ।
    पेशाले सवारी चालक रहेका राम एक बर्ष अघि भएको दुर्घटनामा गम्भिर घाईते भएका थिए । स्वास्थ्य लाभ भएपछि मजदुरी पेशामा लागेका राम अचानक बेपत्ता भएपछि आफु सहित तीन सन्तानको विच्चली भएको पत्नी मजा देवीले सुनाईन् । 
    वडाध्यक्ष जाहिर हुसेनले सबैतिर खोजी सक्दा पनि राम अझै फेला पर्न नसकेको र आफुहरु समेत खोजी कार्यमा निरन्तर जुटेको बताएका छन् । 
    यता रोजगारीका लागी बनारस पुगेर बेपत्ता भएका सप्तरीको खडक नगरपालिका ११ का ३० बर्षीय विनोद कुमार साह बिहीबार सम्पर्कमा आएको बुवा रामकृष्ण साहले जानकारी दिएका छन् ।     बनारसमा बेपत्ता भएका छोराको खोजी कार्यका लागि सोही ठाउँस्थित भारतीय पुलिस कार्यालय तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिएको २० दिनपछि छोरा विनोद फेला परेको बुवा रामकृष्णले जानकारी दिए । 
    भारतको बनारसमा पहिल्यै देखि नै काम गर्दे आएका गाउँकै राधेश्याम यादवले छोरा विनोदलाई “फ्याक्ट्रीमा काम लगाई दिन्छु” भन्दै लिएर गएको र बनारसमा अलपत्र छाडेको बुवा रामकृष्णले सुनाए । 
    छोरालाई फ्याक्ट्रीमा काम लगाई दिने नाममा १८ हजार भारतीय रुपैयाँ समेत आफुसँग लिएर गएका राधेश्यामले छोरालाई त्यहाँ अलपत्र छाडेर हिडेको उनले बताएका छन् । 
    घाइते अवस्थामा फेला परेको छोरा विनोदलाई भारतीय प्रहरीको सहयोगमा उद्दार गरी अस्पताल भर्ना गरिएको उनले जनाएका छन् । उनले छोरालाई लिएर जाने राधेश्याम भने सम्पर्क बिहीन भएको र उनी विरुद्ध तत्काल भारतीय प्रहरीमा उजुरी गरिएको जानकारी समेत गराएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?