दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई दशैका लागि सिंगारिदै छ । यस पटक १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमानसहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ ।
छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगार्ने तथा सजावटसहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो ।
दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल, बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
उनले दर्शणार्थीको सुरक्षा र आपराधिक गतिबिधी नियन्त्रणका लागि यस पल्ट मन्दिर भित्र र बाहिर चारैतिर गरी कुल ३२ वटा सिसि टिभि क्याम्रा जडान गरिएको बताए ।
दशैंको तैयारीका लागि रगंरोगन, प्रचार प्रसार, विभिन्न निकायमा पत्राचार लगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका उनले मन्दिर सम्म पु्ग्ने बाटोको केही भाग अझै जिर्ण र खाल्डाखुल्डीको अवस्थामा रहेकाले अबिलम्ब उक्त सडकको स्तरोन्नतिका लागि सरकारबाट पहल हुनुपर्ने आवश्यकता समेत औल्याए ।
नेपाल तथा भारतका हिन्दु धर्माबलम्बी माझ ख्याति प्राप्त यस मन्दिरमा दशैका बेला लाखौं भक्तजन आउने गरेका छन् ।
दशैको तयारीमा जुटेको समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्ष २०८१÷२०८२ को आयव्यय समेत सार्वजनिक गरेको छ । जसअनुसार बलि प्रदान, गाडी पुजन, गाडी पार्किङ्ग, मुण्डन, चन्दा, धर्मशाला सहयोग, शिध्र दर्शन शुल्क, सटर भाडा, दानपेटिका लगायतका शिर्षकबाट समितिले १ करोड ४५ लाख ९ सय ९३ रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै कर्मचारी तलब, गंगा आरती, समान खरिद, स्टेशनरी, ग्रिल, रगंरोगन, सरसफाई लगायत शिर्षकमा भएको खर्च कटाएर सो आर्थिक वर्षमा कुल ५५ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ बचत भएको मन्दिर समितिले जनाएको छ ।
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
सारांश
- छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगार्ने तथा सजावटसहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो ।
- दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल, बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
- उनले दर्शणार्थीको सुरक्षा र आपराधिक गतिबिधी नियन्त्रणका लागि यस पल्ट मन्दिर भित्र र बाहिर चारैतिर गरी कुल ३२ वटा सिसि टिभि क्याम्रा जडान गरिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया