एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न

राजविराज राजविराज
|
बुधबार, चैत्र ४, २०७७
|
|
२६ पटक हेरिएको
Shares
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न

सारांश

  •     बुधवार राजबिराजमा सप्तरी क्रिकेट संघद्वारा आयोजित अक्सन (खेलाडी खरिद बिक्री) बाट टिमका ब्यबस्थापकहरूले १५/१५ राष्ट्रिय तथा स्थानिय क्रिकेटर खेलाडीहरू सम्मिलित टिम चयन गरेको छ ।
  •     चैत ८ गतेदेखि राजबिराजस्थि राजरंगशालामा हुन गईरहेको मेयर कप प्रतियोगितामा रुपनी राइडर्स, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स, टिभिएस किंगस राजबिराज र बोदेबरसाईन थन्डर्स टिमले सहभागिता जनाइरहेका छन् ।
  •     सो अक्सनबाट टिमका खेलाडीहरूमा तिलाठी कोईलाडीमा नेपाल क्रिकेट टोलीका उपकप्तान दिपेनसिँह ऐरी, नेपाली क्रिकेट टोली सिनियर टिमका सदस्य राशिद खान, पुर्व यु १६ नेपाली टोलीका सदस्य रोहन बिक, नेपाल पुलिस टिमका चित्र बहादुर बिष्ट, दिपेश कडेल, संतोष कार्की सहित स्थानिय खेलाडी दिपेश सरदार, साकेत सिँह, युवराज मण्डल, अमित मण्डल, मनिष, मण्डल, आशिष झा, नितेश यादब, आदिल अंसारी, अजय मरिक छनौटमा परेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 
    सप्तरी क्रिकेट संघको आयोजनामा हुन गईरहेको सप्तरी प्रिमियर लिग मेयर कप (एसपियल) प्रतियोगिताका लागी अक्सनबाट खेलाडीहरू छनौट गरिएको छ ।
    बुधवार राजबिराजमा सप्तरी क्रिकेट संघद्वारा आयोजित अक्सन (खेलाडी खरिद बिक्री) बाट टिमका ब्यबस्थापकहरूले १५/१५ राष्ट्रिय तथा स्थानिय क्रिकेटर खेलाडीहरू सम्मिलित टिम चयन गरेको छ ।
    चैत ८ गतेदेखि राजबिराजस्थि राजरंगशालामा हुन गईरहेको मेयर कप प्रतियोगितामा रुपनी राइडर्स, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स, टिभिएस किंगस राजबिराज र बोदेबरसाईन थन्डर्स टिमले सहभागिता जनाइरहेका छन् ।
    सो अक्सनबाट टिमका खेलाडीहरूमा तिलाठी कोईलाडीमा नेपाल क्रिकेट टोलीका उपकप्तान दिपेनसिँह ऐरी, नेपाली क्रिकेट टोली सिनियर टिमका सदस्य राशिद खान, पुर्व यु १६ नेपाली टोलीका सदस्य रोहन बिक, नेपाल पुलिस टिमका चित्र बहादुर बिष्ट, दिपेश कडेल, संतोष कार्की सहित स्थानिय खेलाडी दिपेश सरदार, साकेत सिँह, युवराज मण्डल, अमित मण्डल, मनिष, मण्डल, आशिष झा, नितेश यादब, आदिल अंसारी, अजय मरिक छनौटमा परेका छन् ।
    त्यस्तै बोदेबरसाईन थन्डरस टोलीमा नेपाली क्रिकेट टोलीका सदस्य वसन्त रेग्मी, पुर्व टोली सदस्य सिधान्त लोहनी, पुलिस टिमका योगेन्द्र कार्की, अभिनाष कर्ण, विशाल सुश्लिँग, नारायण जोशी, स्थानिय राहुल मण्डल, पपु यादब, बिकास दास, राजिव यादव, आकाश यादब, अमन यादब, मोहम्मद सकिम, अहसन जमाल, विशाल यादब रहेका छन् ।
    रूपनी राईडर्समा राष्ट्रिय खेलाडी कुशल भुर्देल, सुनिल धमला, लोकेश बम, फिर्दाेस अंसारी, सुमित झा, अमित यादब, अनुज यादब, अनिल यादब, रेबती यादब, निरज मुखिया, भोला साह, प्रभु नारायण यादब, बिकी चौधरी, असोक मेहता, बालकृष्ण यादब परेका छन ।
    त्यसैगरि बजाज खडक वारियर्सतर्फ राष्ट्रिय खेलाडी पवन सराफ, बिवेक यादब, मुकुन्द यादब, अनिल खरेल, नेपाल पुलिस गुलसन झा, स्थानियमा पपु यादब, राज बर्मा, अभिषेक कार्की, गोमानन्द अमात्य, निरज यादब, प्रशान्त राय, अनिल साह, नवीन मण्डल, अजय यादब र भिम यादब समावेश भएका छन् । 
    त्यस्तै टिभिएस किंग राजबिराजको टोलीमा किर्तिमानी खेलाडी महबुव आलम, नेपाल क्रिकेट टोलीका सदस्य मोहम्मद आशिफ शेख, सोनु तमाङ, सोनु अंसारी, रूपेश सिँह, कमल खत्री, रोहित सिँह, रोबिन सिँह, एकवाल हुसेन, प्रशान्त सिँह, सुर्दशन सिँह, बिवेक यादब, अमल दास, प्रशान्त साह, संजित साहलाई छनोट गरिएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् । 
    उक्त अक्सनमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष तथा राजबिराज नगरपालिका पुर्व मेयर शैलेश चौधरी, प्रदेश क्रिकेट संघका सचिव तथा सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, कोषाध्यक्ष तुलानाथ माझी, पुर्व राष्ट्रिय खेलाडी पवन दास, अम्पायर संघका अध्यक्ष निरज सिंह, क्रिकेट संघका सदस्य रोशन मण्डल, जगरनाथ साह, मनोज साह, डम्वर नारायण दास, अफिसिल उज्जवल यादब, राहुल सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका