मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 

राजविराज राजविराज
|
सोमबार, आषाढ २७, २०७९
|
|
४२ पटक हेरिएको
Shares
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 

सारांश

  •     पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो माँगसहितको ज्ञापन पत्र बुझाइएको हो ।
  •       प्रमृुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा रोपाइको समय शूरु भइसक्दा पनि किसानले आवश्यक्ता अनुसारको मलखाद नपाउदा समस्यामा परेको भन्दै अविलम्ब यसको व्यवस्था मिलाउन माग गरिएको छ ।
  •       सरकारको विकासीय बजेटको असार मसान्तको समयसीमा खारेज गरी चैत्र मसान्तलाई कायम गर्नु पर्ने, मधेशी, आदिवासी, जनजाती, थरुहट आन्दोलनको सम्बन्धमा गठित तत्कालीन न्यायाधिश गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रवितवेदन सार्वजनिक गर्नु पर्ने, आन्दोलनका क्रममा झुठा मुदा लगाई थुनामा राखीएका साँसद रेशमलाल चौधरी सहित अन्य राजवन्दीहरुको मुद्दा खारेज गर्नू पर्ने माँग रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले तुरुन्त मलखादको व्यवस्थासहित १४ बुँदे माग राख्दै सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 
    पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो माँगसहितको ज्ञापन पत्र बुझाइएको हो । 
    प्रमृुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा रोपाइको समय शूरु भइसक्दा पनि किसानले आवश्यक्ता अनुसारको मलखाद नपाउदा समस्यामा परेको भन्दै अविलम्ब यसको व्यवस्था मिलाउन माग गरिएको छ । 
    सरकारको विकासीय बजेटको असार मसान्तको समयसीमा खारेज गरी चैत्र मसान्तलाई कायम गर्नु पर्ने, मधेशी, आदिवासी, जनजाती, थरुहट आन्दोलनको सम्बन्धमा गठित तत्कालीन न्यायाधिश गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रवितवेदन सार्वजनिक गर्नु पर्ने, आन्दोलनका क्रममा झुठा मुदा लगाई थुनामा राखीएका साँसद रेशमलाल चौधरी सहित अन्य राजवन्दीहरुको मुद्दा खारेज गर्नू पर्ने माँग रहेको छ ।  
    त्यस्तै ज्ञापनपत्रमा गत जेठ २३ गते सरकारद्वारा जारी भएको भु–उपयोग नियमावली अत्यन्त अब्यवाहरिक र साना किसानको हित विपरित रहेको उल्लेख गर्दै अविलम्ब यसको खारेजीको माग गरीएको छ । यस्तै ज्ञापन पत्र मार्फत महगी कालोबाजारीको नियन्त्रण, कृषि कार्यमा प्रयोग हुने डिजल कृषकलाई सस्तो मुल्यमा उपलब्ध गराउन र २४ सै घण्टा विद्युत आपुर्तीको व्यवस्था गर्न माग गरिएको छ । 
    यसैगरि विभिन्न उत्पीडित समुदाय, मधेशी, थारु, आदीवासी, जनजाती, शिल्पी (दलित) महिला मुश्लिम लगायतको सम्मान, पहिचान र अधिकार सुनिश्तताका लागी संविधानमा संशोधन गर्नु पर्ने लगायतका माग पनि ज्ञापन पत्रमा समावेश गरिएको छ । 
    राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंह, जिल्ला समन्वय समिती सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, राजविराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी, पुर्व उपमेयर साधना झा, लोसपाका युवा नेता विनोद यादव, महिला नेतृ पुनम कुमारी यादव समेत सहभागी रहेको टोलीद्वारा दिइएको ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाई दिने आश्वासन दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
दुई फरार प्रतिवादी पक्राउ
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
दुई दिने श्याम महोत्सव सुरु
दुई दिने श्याम महोत्सव सुरु
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?