साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी

राजविराज राजविराज
|
बुधबार, कार्तिक ७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी

सारांश

  •     बुधवार राजबिराजस्थित पविमाबिको खेल मैदानमा भएको उद्घाटन खेलमा सिरहाले दिएको १ सय २९ रनको लक्ष्य २ बिकेटको क्षतिमा सप्तरीले जित हात पारेको हो ।
  •     सप्तरीका कप्तान साक्षी यादवले उत्कृष्ट ब्याटिङ गर्दै ३९ रनको अबिजित पारी खेलेकी थिइन् ।
  • उनलाई साथ दिन बन्दना रजकले अविजित रहदै टिमका लागी २८ रन जोडीन् ।

दैनिक समाचारदाता
राजबिराज, ७ कात्तिक ।  

    राजबिराजमा सुरु भएको अन्तर हब महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीले सिरहालाई ८ बिकेटले पराजित गर्दै बिजयी सुरूवात गरेको छ ।
    बुधवार राजबिराजस्थित पविमाबिको खेल मैदानमा भएको उद्घाटन खेलमा सिरहाले दिएको १ सय २९ रनको लक्ष्य २ बिकेटको क्षतिमा सप्तरीले जित हात पारेको हो ।
    सप्तरीका कप्तान साक्षी यादवले उत्कृष्ट ब्याटिङ गर्दै ३९ रनको अबिजित पारी खेलेकी थिइन् । उनलाई साथ दिन बन्दना रजकले अविजित रहदै टिमका लागी २८ रन जोडीन् । 
    यसअघि टस जितेर सिरहाले २० ओभरमा ८ बिकेट गुमाएर १ सय २९ रनको योगफल खडा गरेका थिए । जसमा टिमका लागी अनुराधा चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकिय पारी खेल्दै ५६ रन बनाए भने अनजल चौधरीले १३ रन जोडीन् ।
    बलिङतर्फ सप्तरी साक्षी यादबले २ बिकेट र दिपा राम, सुस्मिता यादब, अपेक्षा यादबले समान्य १÷१ बिकेट लिएका थिए ।  
    खेलको प्लेयर अफ दि म्याच घोषित साक्षी यादवलाई सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंहले कप प्रदान गरेका थिए ।
    सो प्रतियोगिताको सुरूवात राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले ब्याटिङ र सप्तरी क्रिके संघका अध्यक्ष आयुष श्रेष्ठले बलिङ गर्दै संयुक्त रूपमा उदघाटन गरेका थिए ।
    सबल नेपालको आयोजना तथा एमसिसी फाउन्डेशन र क्रिकेट विथ बाउन्ड्रीको संयुक्त सहयोगमा सप्तरी, सिरहा र महोत्तरी जिल्ला बिच महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको सबल नेपालका कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।
    उक्त अवसरमा सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, कोषाध्यक्ष तुलानाथ माझी, जिल्ला सदस्य रोशन मण्डल, डम्वर नारायण दास, संजय कार्की, बिरेन्द्र यादव लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन सचिव चन्दनकुमार यादबले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
बिपद् ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न
बिपद् ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु