उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 

राजविराज राजविराज
|
बिहिबार, पौष ५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 

सारांश

  •     एशोसिएशनको अगामी पुष १४ गते शनिवार नयाँ नेतृत्वका लागी निर्वाचन हुदैछ ।
  • अध्यक्ष सहित १३ पदका लागी हुने निर्वाचनमा लोकतान्त्रिक कानून व्यवसायी समूह तथा प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुह प्यानल सहित चुनावी मैदानमा उत्रेका छन् ।
  •       लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्ष पदमा हरेराम यादव, उपाध्यक्ष धमेन्द्र यादव, सचिव मो.

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।

    स्थानीय कानुन व्यवसायीहरुको साझा संगठन उच्च अदालत बार एशोसिएशन राजविराजको निर्वाचनमा कानुन व्यवसायी हरेराम यादव र बलराम सिंह आमने सामने भएका छन् । 
    एशोसिएशनको अगामी पुष १४ गते शनिवार नयाँ नेतृत्वका लागी निर्वाचन हुदैछ । अध्यक्ष सहित १३ पदका लागी हुने निर्वाचनमा लोकतान्त्रिक कानून व्यवसायी समूह तथा प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुह प्यानल सहित चुनावी मैदानमा उत्रेका छन् । 
    लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्ष पदमा हरेराम यादव, उपाध्यक्ष धमेन्द्र यादव, सचिव मो.समिम अख्तर र कोषाध्यक्षमा उमाशंकर देव रहेका छन् । सोही प्यानलबाट सदस्यहरुमा डा. संतोष कुमार चमन यादव, दिनेश कुमार सिंह, डा. शिव नारायण यादव, रामचन्द्र मण्डल, राज कुमार साह, नित्यदेव प्रसाद यादव, चन्द्रकान्त यादव, किसुन देव ठाकुर र कौशल किशोर दत्त चुनावी मैदानमा छन् । 
    यस्तै प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुहबाट अध्यक्ष पदमा बलराम प्रसाद सिंह, उपाध्यक्ष तेजनारायण चौधरी, सचिव दानो कुमारी चौधरी र कोषाध्यक्षमा बालकृष्ण कार्की रहेका छन् । उक्त प्यानलबाट सदस्यहरुमा प्रदिप कुमार मण्डल, उदयचन्द्र जैन, राजकुमार टरैत, भागवत यादव, राम नारायण चौधरी, प्रेम कुमार आले, लिलाम्बर कर्ण र सुरेन्द्र कुमार दास चुनावी प्रतिस्पर्धामा होमिएका छन् । 
    कोषाध्यक्ष पदमा दुबै प्यानलमा नरही स्वतन्त्र उम्मेदवारी दिएर उपेन्द्र यादव पनि आफ्नो भाग्य आजमाउँदै छन् । मनोनयन फिर्ता लिने अन्तिम दिन विहिवार यादवले आफ्नो नाम फिर्ता नलिएर उम्मेदवारी कायमै राखे पछी कोषाध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । 
    सह–सचिव पदमा भने दुबै प्यानलबाट उम्मेदवारी नपरेपछी सो पद रिक्त हुन गएको र उक्त पद पछी मनोनयन प्रक्रियाबाट पूर्ती गरिने निर्वाचन समितिले जनाएको छ । यस्तै केन्द्रिय पार्षद पदमा लोकतान्त्रिक कानून व्यवसायी समूहका सबै ९ जना निर्विरोध निर्वाचित भएका छन् । 
    निर्वाचन समितिका संयोजक धिरेन्द्र कुमार यादवका अनुसार केन्द्रिय पार्षद पदमा डा. देव नारायण यादव, रणधिर कुमार कर्र्ण, अशोक कुमार झा, बलविर चौधरी, बालाकृष्ण ढुंगाना, मिथलेश चन्द्र लाभ, गुञ्जेश्वर प्रसाद यादव, राम नारायण देव र भुप नारायण यादव निर्विरोध निर्वाचित भएका छन् ।
    अध्यक्ष पदका दुबै उम्मेदवारले स्वच्छ न्यायिक वातावरणको सिर्जना, पेशागत हकहितको संरक्षण कानुन तथा न्यायमा सबैको सहज पहँुच, न्यायपालिका प्रति जनताको आस्था बढाउने लगायतका विषयमा काम गर्ने प्रतिबद्धता कानून व्यवसायी माझ राख्ने गरेका छन् । 
    अध्यक्ष पदका दुबै उम्मेदवार कानुन व्यवसायी माझ निकै लोकप्रिय भएकाले कसको पल्ला भारी होला भन्ने आँकलन गर्न कठिन भएको मतदाताहरुको भनाई छ । 
    दुई वर्षे कार्यकालका लागी हुने एशोसिएशनको निर्वाचनमा कुल २ सय ३ मतदाता रहेको तथा मतदान सकिए कै दिन मतगणना कार्य सूरु हुने कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?