दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
राजविराज नगरपालिका शिक्षा शाखाले कक्षा ८ को पालिका स्तरिय बोर्ड परिक्षाका बेला विद्यार्थीहरुसँग लिइएको रकम फिर्ता गरिदिएको जानकारी दिएको छ ।
बुधबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवले पालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीसँग लिइएको रु. ५ सय विद्यालयलाई फिर्ता गरिदिएको जानकारी दिए ।
उनले पालिका भित्र ३९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु रहेको जानकारी दिदै ती सबै विद्यालयलाई परिक्षा वापत लिइएको रकम फिर्ता गरिदिएको र सो रकम अब विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई फिर्ता गर्न निर्देशन समेत दिए । उनले शिक्षा समितिले रकम लिने गरेको निर्णयलाई सच्याउँदै समितिका तर्फबाट अब सो त्रृटी नहुने प्रतिबद्धता समेत जनाए ।
पत्रकार सम्मेलनमा कार्यवाहक नगरप्रमुख इसरत परविनले परिक्षा तयारी, व्यवस्थापन लगायतमा हुने सम्पूर्ण खर्च पालिकाले व्यहोरेको जानकारी समते दिइन् । यस्ता गल्तिप्रति आफूले शिक्षा शाखालाई स्पष्टिकरण समेत सोधको उनको भनाई छ ।
परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
सारांश
- बुधबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवले पालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीसँग लिइएको रु.
- ५ सय विद्यालयलाई फिर्ता गरिदिएको जानकारी दिए ।
- उनले पालिका भित्र ३९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु रहेको जानकारी दिदै ती सबै विद्यालयलाई परिक्षा वापत लिइएको रकम फिर्ता गरिदिएको र सो रकम अब विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई फिर्ता गर्न निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया