दैनिक समाचारदाता
राजविराज, २४ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार राजविराजमा गर्न लागिएको कार्यक्रम आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको केन्द्रमा चलिआएको आन्तरिक विवादको प्रभाव बुधबार सप्तरीमा पनि देखियो ।
प्रम ओलीको समर्थनमा एउटै पार्टीका एकपक्षले कार्यक्रम गर्न खोज्दा सोही पार्टीका अर्को पक्षले बिथोलिएपछि विवाद सतहमा देखिएको हो ।
प्रमको समर्थनमा एक पक्षले कार्यक्रम गर्ने र अर्को पक्षले समन्वय नै नगरि कार्यक्रम गरेको भन्दै केही बेर घम्साघम्सी परेपछि माहौल तनावग्रस्त बन्दै जाँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरी नै परिचालन गर्नु परेको थियो ।
तत्कालिन एमालेका तर्फबाट राजविराज नगरपालिकाका मेयर पदका प्रत्यासी हाल नेकपा प्रदेश २ का सदस्य सुखराम यादव, नेता अशोक यादव, अखिलेश झाल, दुर्गानन्द ठाकुर लगायतले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन तथा पार्टी एकता कायम राख्नका लागि भन्दै जुलुस निकाल्ने तयारी गरेका थिए । सोका लागि स्थानिय शिवमन्दिर प्राङणमा नेता तथा कार्यकर्ताहरु जम्मा भएका थिए ।
तर, अर्को पक्षले पार्टीभित्र कुनै छलफल नै नगरि एकपक्षिय ढंगले जुलुस निकाल्ने तयारी गरिएकाले बिरोध जनाएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेकपाका नेता उमेश यादवले पार्टी नीति निर्देशन विपरीत मनपरी ढंगले कार्यक्रम गर्न लागेकाले रोकिएको बताए । उनले जिल्ला कमिटीका अध्यक्ष र सचिव दुबैको अनुपस्थितिमा हुन लागेको कार्यक्रमलाई पार्टीको आधिकारीक कार्यक्रम भन्न नमिल्ने जिकिर गरे ।
यस्तै नेकपा नेता महेश यादवले जिल्ला नेतृत्व पंक्तिको अनुपस्थितीमा हुन लागेको कार्यक्रम मान्य नरहेको र समन्वय समेत नभएको भन्दै अहिलेको समय पार्टीलाई फुटबाट जोगाउन खबरदारी आवश्यक रहेकोले कसैको समर्थन र कसैको बिरोधमा जुलुस निकाल्ने समय नरहेको बताए ।
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
सारांश
- प्रम ओलीको समर्थनमा एउटै पार्टीका एकपक्षले कार्यक्रम गर्न खोज्दा सोही पार्टीका अर्को पक्षले बिथोलिएपछि विवाद सतहमा देखिएको हो ।
- प्रमको समर्थनमा एक पक्षले कार्यक्रम गर्ने र अर्को पक्षले समन्वय नै नगरि कार्यक्रम गरेको भन्दै केही बेर घम्साघम्सी परेपछि माहौल तनावग्रस्त बन्दै जाँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरी नै परिचालन गर्नु परेको थियो ।
- तत्कालिन एमालेका तर्फबाट राजविराज नगरपालिकाका मेयर पदका प्रत्यासी हाल नेकपा प्रदेश २ का सदस्य सुखराम यादव, नेता अशोक यादव, अखिलेश झाल, दुर्गानन्द ठाकुर लगायतले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन तथा पार्टी एकता कायम राख्नका लागि भन्दै जुलुस निकाल्ने तयारी गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया