दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत बुधबार राजविराजमा प्लेकार्डसहित ¥याली निकालिएको छ । सो ¥याली नगर परिक्रमा गर्दै अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
आसमान नेपालको संयोजनमा तथा मूल समारोह समितिको आयोजनामा लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका वक्ताहरुले हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् । कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सबै तह, क्षेत्र र संरचनामा लैङ्गिकमैत्री वातावरणको निर्माण गरिनु पर्नेमा जोड दिँदै समृद्ध समाजका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका जरुरी रहेको र त्यस्का लागि मानसिकता परिवर्तन हुनुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले महिला हिंसा अन्त्यको लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नु पर्ने बताए । उनले सामाजिक सुरक्षालाई विशेष महत्व दिएर समानता कायम गर्नु पर्ने धारणा राखे ।
आसमान नेपालका रेणु सिंहको अध्यक्षता र शान्ता सिंहको स्वागत पछि सुरु भएको कार्यक्रममा राजविराज नगरपालिकाकी अनिता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्मा, सहयोगी समाजका रामप्रकाश चौधरी, मिलाफकी अध्यक्ष रमिला साह, थारु महिला समन्वय समतिका अध्यक्ष चन्द्रकला चौधरी, प्याब्सन मधेस प्रदेशकी उपाध्यक्ष रिभा मिश्रले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा लैङ्गिक हिंसा बिरूद्ध अभियानमा संलग्न अधिकारकर्मीहरुलाई आसमान नेपालले सम्मान समेत गरेको थियो ।
लैङ्गिक हिंसा बिरूद्ध ¥याली
सारांश
- आसमान नेपालको संयोजनमा तथा मूल समारोह समितिको आयोजनामा लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
- कार्यक्रमका वक्ताहरुले हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।
- कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सबै तह, क्षेत्र र संरचनामा लैङ्गिकमैत्री वातावरणको निर्माण गरिनु पर्नेमा जोड दिँदै समृद्ध समाजका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका जरुरी रहेको र त्यस्का लागि मानसिकता परिवर्तन हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया