दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
राजविराजमा जारि चौथो मेयर कप सप्तरी प्रिमियर लिगको आइतबारको खेलमा बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी भएका छन् । बजाजले टिभीएस किंग्स राजविराजलाई १४ रनले पराजित गरेको छ भने राजविराज द किंग्सले राजविराज ब्रदर्शलाई ३० रनले पराजित ग¥यो ।
सम्पन्न पहिलो खेलमा बजाज वारियर्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको किंग्सले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षतीमा १ सय ३९ रन मात्र बनायो ।
टिभीएस किंग्स राजविराजको ब्याटिंगमा ओपनर शेख इमरानले ४७, महबुब आलमले ३७, सुरज कुर्मीले २३ रन बनाएता पनि जित्न प्रयाप्त रहेन । उक्त खेलको प्लेयर अफ द म्याच समेत चुनिएका बजाज खडक वारियर्सका बलर सर्वन यादवले ३ तथा गोमानन्द अमात्य र अरनिको यादवले २÷२ विकेट लिए ।
टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । खडक वारियर्सको लागि मुकुन्द यादवले सर्वाधिक ३३ रन, सर्वन यादवले २४ रन, अविनाश कर्णले २२ रन तथा राहुल मण्डल र रोबिन सिंहले समान १९ रन योगदान दिए । टिभीएस किंग्स राजविराजका बलर पप्पु यादवले सर्वाधिक ३ विकेट, बिशाल सुश्लिंगले २ विकेट तथा भुलावन सहानी, पप्पु यादव र महबुब आलमले १÷१ विकेट लिए ।
यस्तै दोश्रो खेलमा राजविराज द किंग्सले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ब्रदर्शले १८.२ ओभरमा १ सय २१ रन मात्र बनायो । ब्रदर्शको ब्याटिंगमा निरज कुमार यादवले सर्वाधिक २७, प्रशान्त सिंहले २४ , विकास दास र अमित यादवले १६÷१६ तथा अनुज चुनाराले १५ रन बनाए । द किंग्सका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, फिर्दोश अन्सारीले २ विकेट तथा रोहितकुमार सिंह र अनिल यादवले १÷१ विकेट लिए ।
टस जितेर ब्याटिंङ गरेको राजविराज द किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा १ सय ५१ रन बनाएको थियो । उसको लागि फिर्दोश अन्सारीले सर्वाधिक ४०, रुपेश कुमार सिंहले ३०, सन्तोष कार्कीले २९ तथा चित्रबहादुर बिस्टले १५ रन योगदान दिएका थिए । राजविराज ब्रदर्शका बलर अनुज चुनारा, दिपेश कंडेल र अजय यादवले २÷२ विकेट तथा पार्थिव यादवले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच फिर्दोश अन्सारी घोषित भए ।
जितपछि राजविराज द किंग ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंकको साथ अंक तालिकाको शिर्षमा छ । समान नतिजापछि नेट रन रेटमा पछि पर्दै टिभीएस किंग्स राजविराज र बजाज खडक वारियर्स दोश्रो र तेश्रो स्थानमा छ । तिन वटै खेलमा हारपछि राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।
राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको छ ।
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
सारांश
- सम्पन्न पहिलो खेलमा बजाज वारियर्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको किंग्सले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षतीमा १ सय ३९ रन मात्र बनायो ।
- टिभीएस किंग्स राजविराजको ब्याटिंगमा ओपनर शेख इमरानले ४७, महबुब आलमले ३७, सुरज कुर्मीले २३ रन बनाएता पनि जित्न प्रयाप्त रहेन ।
- उक्त खेलको प्लेयर अफ द म्याच समेत चुनिएका बजाज खडक वारियर्सका बलर सर्वन यादवले ३ तथा गोमानन्द अमात्य र अरनिको यादवले २÷२ विकेट लिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया