दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
राजविराज नगरपालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक गरेको छ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा ’प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ नाराका साथ आईतबार नगरपालिकाले स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक गरेको हो ।
महिला तथा कानुन मञ्चको सहयोग, विदेह फाउण्डेशनको समन्वयमा राजविराज नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सुचना अधिकारी सुरेश यादवले निर्देशिका सार्वजनिक गरे ।
कार्यक्रमका प्रमुख अतिथि रञ्जु ठाकुरले राजविराज नगरपालिकाले ल्याएको नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले हिंसा पीडित महिलाका लागी सेफ हाउस अपरिहार्य रहेकोले त्यसतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा आयोजित सार्वजनिकीकरण कर्यक्रममा महिला कानून विकास मञ्चकी म्यानेजर सजनी केसी, विदेह फाउण्डेशनका अध्यक्ष राघव ठाकुर, वडाअध्यक्ष सुभाषचन्द्र यादव, शशी चौधरी, कार्यपालिका सदस्य सोनी रजक लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।
जारी निर्देशिकामा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा, त्यसको रोकथामका उपाय र हिंसापछि न्याय तथा पुनर्थापनाको लागि वडा स्तरबाट नै न्यायलागि पहल हुनुपर्ने उल्लेख छ ।
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
सारांश
- लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा ’प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ नाराका साथ आईतबार नगरपालिकाले स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक गरेको हो ।
- महिला तथा कानुन मञ्चको सहयोग, विदेह फाउण्डेशनको समन्वयमा राजविराज नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सुचना अधिकारी सुरेश यादवले निर्देशिका सार्वजनिक गरे ।
- कार्यक्रमका प्रमुख अतिथि रञ्जु ठाकुरले राजविराज नगरपालिकाले ल्याएको नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया