दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
बैदेशिक रोजगार व्यवसायीहरुबाट भइरहेको ठगिलाई नियन्त्रण गर्न लगायत विभिन्न पाँच बुँदे मागसहित आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीले बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
संरक्षण केन्द्रकी निमित्त अध्यक्ष गोमा आचार्यको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत सो ज्ञापनपत्र बुझाएको हो ।
बुझाइएको ज्ञापन पत्रमा बैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता प्रदान गर्न, बीमा कम्पनिहरुले मृतक परिवारलाई प्रदान गरिने बिमित रकम भुक्तानी दिने क्रममा इच्छा विपरीत सबै प्रिमियम एकै पटकमा असुल गरि पाँच लाखसम्मका बीमा गराईरहेकोले यसरी बिमाको नाममा ठगि गर्ने काम अविलम्ब बन्द गर्न र यस्ता अवाञ्छित क्रियाकलाप गरिसकेका बिमा कम्पनिहरुबाट सम्बन्धित व्यक्तिलाई रकम फिर्ता गराउन र कारवाही गर्न माग गरिएको छ ।
त्यस्तै कोभिड तथा अन्य कारणले बैदेशिक रोजगारीमा अलपत्र परेकाहरुलाई अविलम्ब उद्धार, प्रिभिसा, फ्रिटिकट पूर्णहरुपमा कार्यान्वयन तथा बिदेशबाट मृतककको लाश तदारुकताका साथ ल्याउनका लागि चाडो पहल गर्न माग गरिएको छ ।
यसअघि आप्रवासी कामदार र तिनका परिवारका हक र अधिकारका लागी दवाब स्वरुप राजबिराजस्थित शिव मन्दिरको प्राङ्गणबाट ¥याली निकालि जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयका साथै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई समेत बोदार्थ गरिएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा पाँच बुँदे मागसहित ज्ञापन
सारांश
- संरक्षण केन्द्रकी निमित्त अध्यक्ष गोमा आचार्यको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत सो ज्ञापनपत्र बुझाएको हो ।
- बुझाइएको ज्ञापन पत्रमा बैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता प्रदान गर्न, बीमा कम्पनिहरुले मृतक परिवारलाई प्रदान गरिने बिमित रकम भुक्तानी दिने क्रममा इच्छा विपरीत सबै प्रिमियम एकै पटकमा असुल गरि पाँच लाखसम्मका बीमा गराईरहेकोले यसरी बिमाको नाममा ठगि गर्ने काम अविलम्ब बन्द गर्न र यस्ता अवाञ्छित क्रियाकलाप गरिसकेका बिमा कम्पनिहरुबाट सम्बन्धित व्यक्तिलाई रकम फिर्ता गराउन र कारवाही गर्न माग गरिएको छ ।
- त्यस्तै कोभिड तथा अन्य कारणले बैदेशिक रोजगारीमा अलपत्र परेकाहरुलाई अविलम्ब उद्धार, प्रिभिसा, फ्रिटिकट पूर्णहरुपमा कार्यान्वयन तथा बिदेशबाट मृतककको लाश तदारुकताका साथ ल्याउनका लागि चाडो पहल गर्न माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया