सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा

राजविराज राजविराज
|
आइतबार, माघ ५, २०७६
|
|
७१ पटक हेरिएको
Shares
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा

सारांश

  •     यसैबीच उडान सेवालाई अझ प्रभावकारी र प्रतिष्पर्धी बनाउने उद्देश्यले आगामी माघ १८ गते देखि बुद्घ एयरले पनि राजविराजमा उडान सेवा सुरु गर्ने भएको छ ।
  • बुद्घ एयरले श्री एयरलाइन्सको एकलौटी तोड्ने प्रयासमा साताको सातै दिन उडान भर्ने तयारी गरेको हो ।
  •       सुरुमा श्री एयरलायइन्सले हप्ताको पाँच दिनसम्म विमान उडान गर्दै आइरहँदा ६ महिनादेखी हप्ताको तीन दिन मात्र उडान भरिरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 
    झण्डै ६ दशकदेखी राजविराज विमानस्थलबाट पटक पटक उडान सेवा सूचारु र बन्द भएपछि गत वर्ष असार १० गतेदेखी विमान सेवा नियमित रुपमा संचालन भइरहेको छ । 
    यसैबीच उडान सेवालाई अझ प्रभावकारी र प्रतिष्पर्धी बनाउने उद्देश्यले आगामी माघ १८ गते देखि बुद्घ एयरले पनि राजविराजमा उडान सेवा सुरु गर्ने भएको छ । बुद्घ एयरले श्री एयरलाइन्सको एकलौटी तोड्ने प्रयासमा साताको सातै दिन उडान भर्ने तयारी गरेको हो । 
    सुरुमा श्री एयरलायइन्सले हप्ताको पाँच दिनसम्म विमान उडान गर्दै आइरहँदा ६ महिनादेखी हप्ताको तीन दिन मात्र उडान भरिरहेको छ । श्रीले कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन मात्र उडान सेवा दिदै आएको छ । त्यसमा पनि विभिन्न कारण देखाई श्रीएयरलाईन्सले पटक–पटक उडान रद्द गर्दा निरास बनेका स्थानियबासी बुद्घ एयरले सातैदिन उडान सेवा दिने भएपछि उत्साहित भएका छन् ।     
    यता राजविराज नागरिक उडड्यन कार्यालयका बरिष्ठ अधिकृत दुर्गामनी चौधरीले माघ १८ गते देखि नियमित उडानका लागि आवश्यक सवै तयारी पुरा भई टिकट विक्रि काउण्टर समेत संचालनमा आई सकेको जानकारी दिएका छन् । 
    सुरुमा ४९ सिट भएको बुद्घ एयरको विमान दैनिक बिहान १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भर्ने र काठमाडौंबाट ११ बजेर २० मिनेटमा राजविराजका लागि उडान भर्ने समय तालिका निर्धारण गरिएको उनले जानकारी दिए । 
    यात्रुको चाप बढे ७२ सिट भएको बुद्घ एयरको बिमानले सेवा दिने तयारी समेत रहेको उनको भनाई छ । हाल राजविराज–काठमाडौं रुटका लागि न्युनतम भाडा ३ हजार ६ सय निर्धारण गरिएको तथा भविष्यमा थपघट गर्ने बिमान कम्पनीको योजना रहेको उनले जानकारी दिए ।
    वि.स. २०१६ सालमा तत्कालिन मन्त्री गणेशमानसिंहद्वारा उद्घाटन भएको राजविराज विमान स्थल कच्ची धावनमार्गका कारण पटक–पटक संचालनमा आउने र बन्द हुने नियती भोग्दै आएको थियो । तर पच्छिलो पटक कच्ची तथा अन्य भौतिक पुर्वाधार निर्माण सम्पन्न भएपछि गत २०७५ साल अषाढ १० गते देखि श्री एयरलाईन्सले उडान सेवा सुरु गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
एकद्वार प्रणाली मार्फत बाढीपीडितलाई  राहत बितरण गर्न निर्देशन
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?