दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
राजविराज कारागारमा बन्दी जिवन बिताइरहेकी एक महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि भएको छ ।
सप्तरी जिल्ला अदालतले कारागारका कर्मचारी राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध आइतबार पक्राउ पुर्जी जारि गरेको हो ।
विगत १७ वर्षदेखी करार सेवामा कार्यरत ३० वर्षिय यादव राजविराज कारागारका कार्यालय सहयोगि हुन् । यादवविरुद्ध पक्राउ पूर्जी जारि भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए ।
पीडित भनिएकी महिलाले ८ महिना अघि कार्यालय सहयोगि यादवले कारागारको प्रशासनिक कक्ष नजिकैको बिजुली घरमा लगेर बलात्कार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन् । ती महिला हाल उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगि चन्दनले बिजुली घरमा लगेर डर, त्रास र धम्की दिँदै बलात्कार गरेको जाहेरीमा उल्लेख छ । सो जोहरी जिल्ला प्रहरी कार्यालय उदयपुरहुँदै जिल्ला प्रहरी कार्यालय सप्तरी आइपुगेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पीडित भनिएकी महिला २०७६ साउन १६ देखी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा बन्दी जिवन बिताइरहेकी छिन् । यादव बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनको खोजि कार्य थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
आरोपी चन्दनले भने ती महिलाले लगाएको आरोप असत्य रहेको दाबीका साथ आफू बिरुद्ध पक्राउ पूर्जी जारी भएकाले एक दुई दिनभित्रै अदालतमा उपस्थित भई आफ्नो पक्ष राख्ने बताएका छन् ।
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
सारांश
- सप्तरी जिल्ला अदालतले कारागारका कर्मचारी राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध आइतबार पक्राउ पुर्जी जारि गरेको हो ।
- विगत १७ वर्षदेखी करार सेवामा कार्यरत ३० वर्षिय यादव राजविराज कारागारका कार्यालय सहयोगि हुन् ।
- यादवविरुद्ध पक्राउ पूर्जी जारि भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया