बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 

राजविराज राजविराज
|
शनिबार, जेठ १३, २०८०
|
|
७३ पटक हेरिएको
Shares
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 

सारांश

  •     शुक्रवार राजविराजको समन्वय, ९ नम्बर वडा कार्यालयको सहयोग तथा विकास लागि भिजन नेपाल राजविराजको आयोजनामा संचालन गरिएको बालविवाह न्यूनिकरण र जिम्मेवार स्थानीय सरकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
  •       वडा अध्यक्ष जवाहर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजविराज नगरपालिकाका नगरप्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादवले चेतनाको अभाव र बाल विवाह अपराध हो भन्ने बारे अधिकांशलाई जानकारी नहुँदा रोकथाममा समस्या हुने गरेको बताए ।
  •       राष्ट्रिय सहकारी बैंक मधेश प्रदेशका संयोजक एवम् सहकारी अगुवा विश्वनाथ मण्डलले बाल विवाह न्यूनिकरण होईन, निर्मूल नै पार्न सबै लाग्नुपर्ने आवश्यकता औल्याउने वडा कार्यालहरुले पनि यसमा कडाईका साथ अघि बढ्नु पर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।

    बाल विवाहका कारण घरेलु हिंसा, सम्बन्ध विच्छेद, शारीरिक र मानसिक समस्या तथा महिलाले कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटना बढ्दै गएको भन्दै राजविराजमा आयोजित एक कार्यक्रमका सहभागि वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । 
    शुक्रवार राजविराजको समन्वय, ९ नम्बर वडा कार्यालयको सहयोग तथा विकास लागि भिजन नेपाल राजविराजको आयोजनामा संचालन गरिएको बालविवाह न्यूनिकरण र जिम्मेवार स्थानीय सरकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 
    वडा अध्यक्ष जवाहर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजविराज नगरपालिकाका नगरप्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादवले चेतनाको अभाव र बाल विवाह अपराध हो भन्ने बारे अधिकांशलाई जानकारी नहुँदा रोकथाममा समस्या हुने गरेको बताए । 
    राष्ट्रिय सहकारी बैंक मधेश प्रदेशका संयोजक एवम् सहकारी अगुवा विश्वनाथ मण्डलले बाल विवाह न्यूनिकरण होईन, निर्मूल नै पार्न सबै लाग्नुपर्ने आवश्यकता औल्याउने वडा कार्यालहरुले पनि यसमा कडाईका साथ अघि बढ्नु पर्ने बताए । शिक्षाको कमी र त्यसबाट उब्जने अज्ञानताले बाल विवाह बढाएकोल भन्दै उनले सबभन्दा पहिले समाजलाई नै शिक्षित बनाउनुपर्नेमा जोड दिए ।
    जसपाका राजनितिक समिति सदस्य एवम् मधेश प्रदेशका प्रचार प्रसार प्रमुख अमरनाथ मण्डलले बाल विवाहका कारण घरेलु हिंसा, सम्बन्ध विच्छेद, शारीरिक समस्या र महिलाले कलिलै उमेरमा ज्यान गुमाउन थालेको भन्दै यसको न्यूनिकरणको लागि सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताए । 
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी नरेश कुमार सिंह, पत्रकार महासंघ सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, महासंघ पूर्व केन्द्रीय सदस्य अवधेश झा, समाजसेवी रामकिसुन यादव लगायतले पनि बोल्दै बाल विवाहका कारण किशोर किशोरीको स्वास्थ्यमा मात्र नभई भविष्य नै जोखिममा पर्ने गरेको भन्दै यसको न्यूनिकरणको लागि समाजका सबै सचेत नागरिकले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
आगलागिमा १० लाख बराबरको क्षति
आगलागिमा १० लाख बराबरको क्षति
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन