दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरी उद्योग बाणिज्य संघ तथा एभरेष्ट बैंक शाखा राजविराजले संयुक्त रुपमा आइतबार राजविराजमा स्वास्थ्य तथा अन्य सामाग्रि प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पतलालाई स्वास्थ्य सामाग्रि तथा अन्य आवश्यक उपकरण प्रदान गरिएको हो ।
उद्योग बाणिजय संघका अध्यक्ष अरुण प्रधान तथा एभरेष्ट बैंक शाखा राजविराजका प्रमुख शिशिर बोहराले तीन वटै निकायलाई फंगिङ्ग मेशिन एक÷एक थान, अटोमेटिक सेनिटाइजर मेशिन एक÷एक थान तथा एक÷एक हजार माक्स बितरण गरेका थिए ।
कोरोना संक्रमणको जोखीम बढ्दै गएको बेला अंग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षित भई काम गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्रिहरु प्रदान गरिएको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष प्रधानले जानकारी दिए ।
सहयोग सामाग्रि बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झा तथा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सहयोगि संस्थाहरुप्रति धन्यवाद व्यक्त गर्दै कोरोनालाई परास्त गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
सारांश
- जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पतलालाई स्वास्थ्य सामाग्रि तथा अन्य आवश्यक उपकरण प्रदान गरिएको हो ।
- उद्योग बाणिजय संघका अध्यक्ष अरुण प्रधान तथा एभरेष्ट बैंक शाखा राजविराजका प्रमुख शिशिर बोहराले तीन वटै निकायलाई फंगिङ्ग मेशिन एक÷एक थान, अटोमेटिक सेनिटाइजर मेशिन एक÷एक थान तथा एक÷एक हजार माक्स बितरण गरेका थिए ।
- कोरोना संक्रमणको जोखीम बढ्दै गएको बेला अंग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षित भई काम गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्रिहरु प्रदान गरिएको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष प्रधानले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया