ग्लोबलमा ९० प्रतिशत महिला सदस्य

राजविराज राजविराज
|
शुक्रबार, पौष २५, २०७६
|
|
२० पटक हेरिएको
Shares
ग्लोबलमा ९० प्रतिशत महिला सदस्य

सारांश

  •     शुक्रबार राजविराजमा आयोजित १९ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष सुखराम यादवले जिल्लाको १८ वटै स्थानिय तहमा आफ्नो संस्थाको कोष र विभिन्न निकाय, बैंक र वित्तिय सहयोगबाट स्वास्थ्य, शिक्षा, महिला स्वरोजगार, सीपमूलक तालिम, अनुसन्धान विकास र बचत गर्ने बानी लगायतका क्षेत्रमा संस्थाले लगानी गर्दै आएको बताएका छन् ।
  •       २०५७ साल पुस २ गते १ सय ११ जना सदस्यको ५÷५ हजार शेयर पुँजीबाट संचालन गरिएको उक्त संस्थामा विभिन्न १ हजार १ सय समूहमार्फत अहिले ४० हजार शेयर सदस्य पुगेको जानकारी पनि दिँदै जसमध्ये ९० प्रतिशत महिला शेयर सदस्य नै रहेको बताए ।
  •       १८ वटै स्थानिय तहमा पुगिसकेको संस्थाले अब ती स्थानिय तहका सबै वडा र टोलमा कार्यक्रम पु¥याउने घोषणा समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 
    ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराज शुक्रबारदेखी २० औं वर्षमा प्रवेश गरेको छ ।
    शुक्रबार राजविराजमा आयोजित १९ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष सुखराम यादवले जिल्लाको १८ वटै स्थानिय तहमा आफ्नो संस्थाको कोष र विभिन्न निकाय, बैंक र वित्तिय सहयोगबाट स्वास्थ्य, शिक्षा, महिला स्वरोजगार, सीपमूलक तालिम, अनुसन्धान विकास र बचत गर्ने बानी लगायतका क्षेत्रमा संस्थाले लगानी गर्दै आएको बताएका छन् । 
    २०५७ साल पुस २ गते १ सय ११ जना सदस्यको ५÷५ हजार शेयर पुँजीबाट संचालन गरिएको उक्त संस्थामा विभिन्न १ हजार १ सय समूहमार्फत अहिले ४० हजार शेयर सदस्य पुगेको जानकारी पनि दिँदै जसमध्ये ९० प्रतिशत महिला शेयर सदस्य नै रहेको बताए । 
    १८ वटै स्थानिय तहमा पुगिसकेको संस्थाले अब ती स्थानिय तहका सबै वडा र टोलमा कार्यक्रम पु¥याउने घोषणा समेत गरे । संस्थाले आफ्नो कोष तथा दातृ निकायको सहयोगबाट झण्डै ३२ हजार महिलालाई गरिबी निवारण तथा लघुबित्त कार्यक्रममार्फत आय आर्जनका विभिन्न काममा लगाएको जानकारी दिए । 
    संस्थाले यस वर्ष ४४ करोड ४९ लाख २३ हजार ३ सय ९० रुँपैयाको कारोबार गरि २२ लाख ८३ हजार २ सय ८२ रुँपैया खुद मुनाफा गर्न सफल भएको साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनले देखाएको छ । 
    यता साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले संस्थामा महिलाहरुको उल्लेख्य सहभागिता र सक्रियता देखेर कुनै समय महिलाकै नेतृत्वदायी भूमिकामा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी समेत उत्साहित हुने बताए । सहकार्य मार्फत सहकारीको विकास गर्नुपर्नेमा जोड दिदै उनले सहकारी संस्थाहरु नाफामूखी मात्र नभई सामाजिक काममा पनि ध्यान दिन सके सहकार्य गर्नेहरुको संख्या आफै बढेर जाने सुझाव पनि दिए । 
    संस्थाका कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलद्वारा संचालित उद्घाटन समारोहमा गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुब देव, रेडक्रस सोसाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रेस काउन्सीलका पूर्वसदस्य मूरली प्रसाद यादवलगायतले पनि शुभकामना दिएका थिए । 
    कार्यक्रम अघि नाचगान, बाजागाजासहित संस्थाका पदाधिकारी र शेयर सदस्यहरु सचेतनामूलक नारा अंकित प्ले कार्ड बोकेर बजारको विभिन्न भागको परिक्रमा गरेका थिए । 
    सोही सभामा संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा पत्रकारिता क्षेत्रबाट अवधेश झा, स्वास्थ्य क्षेत्रबाट डा. रन्जित झा र समाजसेवातर्फबाट जोगेन्द्र भगत छन् । 
    कार्यक्रममा साझेदारी संस्था, आवद्ध उत्कृष्ट कर्मचारी तथा स्वयमसेविकाहरुलाई पनि सम्मानित गरिएको छ । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले दोसल्ला तथा सम्मानपत्रबाट सम्मानित गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत