माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 

राजविराज राजविराज
|
सोमबार, श्रावण २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 

सारांश

  •     पूर्व पश्चिमलोकमार्ग अन्तर्गत सुनसरीको नरसिंह गाउँपालिका ३ भोक्राहास्थित जमुवा टोलमा सोमबार बिहान प्र.
  • २९०१९००१ज.
  • ००४७ नम्वरको माइक्रो र मे.

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 

    राजविराजबाट बिराटनगरतर्फ जाँदै गरेको माइक्रो र काँकडभिट्टाबाट दिक्तेल तर्फ जादै गरेको यात्रु बाहक बस सुनसरीमा एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका एक दम्पत्तिसहित तीन जना छन् । अन्य दुई जना सुनसरी र मोरङका छन् । 
    पूर्व पश्चिमलोकमार्ग अन्तर्गत सुनसरीको नरसिंह गाउँपालिका ३ भोक्राहास्थित जमुवा टोलमा सोमबार बिहान प्र.२९०१९००१ज.००४७ नम्वरको माइक्रो र मे.१ख. १७९९ नम्वरको यात्रु बाहक बस एक आपसमा ठोक्किएर पाँच जनाको मृत्यु भएको हो । 
    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार घटनामा गम्भीर घाइते भएकाहरूको मृत्यु भएको हो भने दुर्घटनामा १५ जना घाइते भएका छन् ।
    दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरीको तिरहुत गाउँपालिका २ निवासी ६८ वर्षीय जिवछ महात्मान र उनकी ५२ वर्षीया पत्नी छन् । यस्तै सप्तरीकै महादेवा गाउँपालिका ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका ६ बस्ने अन्दाजी ७० वर्षीय लक्ष्मण सदा र विराटनगर बस्ने अशोक यादव छन् ।
    तिरहुत गाउँपालिका २ का श्रीमान–श्रीमती बिराटनगर उपचारका लागि जाँदै गर्दा सडक दुर्घटनामा परी ज्यान गुमाएका हुन् । उनीहरू बिहान ७ बजे भारदहबाट माइक्रो बस चढेर बिराटनगर उपचारका लागी जाँदै थिए । 
    मृतक सबै माइक्रोमा सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएकाहरुलाई ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल बिराटनगर र जिल्ला अस्पताल इनरुवा उपचारका लागि पठाइएको छ । 
    दुर्घटनामा सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने रवीन्द्र प्रसाद मण्डल, तिरहुत गाउँपालिका ६ बस्ने रवीन्द्र मेहता, राजविराज नगरपालिका ६ बस्ने १० वर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ वर्षीय प्रमोद रजक, सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने २२ वर्षीय रवि राय, राजविराज २ बस्ने २४ वर्षीय भोला यादव, राजबिराज २ तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० वर्षीया अमृता राय र राजविराज ४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला घाइते भएका छन् । बास्तोला को विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । उनी माइक्रोका सहचालक रहेको खुलेको छ । 
     यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका ९ बस्ने अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका २ बस्ने निरुता परियार, सोही ठाउँकी ३८ वर्षीय निर्मल परियार, उदयपुरको चौदण्डिगढी नगरपालिका ५ बस्ने ५० वर्षीय रेनुका श्रेष्ठ, झापाको शिबसतासी नगरपालिका ५ बस्ने ३८ वर्षीय खगेन्द्र थापा घाइते भएका छन् ।
    यसैगरी झापाको भद्रपुर नगरपालिका ९ बस्ने ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका १ बस्ने २० वर्षीय दीपक विश्वकर्मा, इलामको चुलाचुली ३ बस्ने ३६ वर्षीय सविन राई, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी, झापाको अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय सत्य राई, विराटनगर महानगरपालिका १० बस्ने ४८ वर्षीया शोभा यादव, सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास घाइते भएका छन् । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
बाबा गणिनाथको मन्दिर निर्माण
बाबा गणिनाथको मन्दिर निर्माण
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
सात सय अक्सिजन सिलिण्डर बरामद
सात सय अक्सिजन सिलिण्डर बरामद
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम