पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी

राजविराज राजविराज
|
बुधबार, आश्विन २९, २०७६
|
|
६४ पटक हेरिएको
Shares
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी

सारांश

  •     प्रदर्शनका क्रममा गृहमन्त्री राम बहादुर थापाको पुतला समेत दहन गरिएको छ ।
  • सो क्रममा प्रहरीले जलिरहेको पुतला निभाउन खोज्दा प्रदर्शनकारी र प्रहरीबीच सामान्य हातहाला भएको थियो ।
  •     यस्तै पुतला दहन पश्चात् आयोजित बिरोध सभामा बोल्दै राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु यादवले अन्यायको विरुद्ध आवाज उठाई रहदाँ सांसद साहलाई पक्राउ गर्नु सरकारको चरम गल्ती रहेको भन्दै उनलाई तत्काल रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ असोज । 
    प्रतिनिधि सभा सांसद प्रमोद साहलाई रिहाहीको माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय बिद्यार्थी संघ सप्तरीको नेतृत्वमा राजबिराजस्थित जनआन्दोलन चौकमा सो प्रदर्शन गरिएको हो । 
    प्रदर्शनका क्रममा गृहमन्त्री राम बहादुर थापाको पुतला समेत दहन गरिएको छ । सो क्रममा प्रहरीले जलिरहेको पुतला निभाउन खोज्दा प्रदर्शनकारी र प्रहरीबीच सामान्य हातहाला भएको थियो ।
    यस्तै पुतला दहन पश्चात् आयोजित बिरोध सभामा बोल्दै राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु यादवले अन्यायको विरुद्ध आवाज उठाई रहदाँ सांसद साहलाई पक्राउ गर्नु सरकारको चरम गल्ती रहेको भन्दै उनलाई तत्काल रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    यस्तै राजपा नेपालका केन्द्रीय सहमहासचिव गजेन्द्र कुमार मण्डलले अन्याय विरुद्ध आवाज उठाउने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने क्रियाकलाप सरकारको निरंकुश प्रवृति रहेकोले यस विरुद्ध आन्दोलनको कडा कदम चाल्ने चेतावनी दिए । 
    उनले विपक्षीप्रति वर्तमान सरकार नकारात्मक बन्दै गएकोले सचेत हुनुपर्ने बेला आएको बताए ।
    सोही बिरोध सभामा राजपा सप्तरी अध्यक्षमण्डलका संयोजक हरेराम यादबले बुद्ध एयरले आमजनतालाई दुःख दिने गरेकोले एयरको मनपरी विरुद्ध आवाज उठाउने मधेशी सांसदलाई पक्राउ गर्नु वर्तमान सरकारले ज्यादती गरेको आरोप लगाए । 
    विमान ढिलो भएको कारण बुद्ध एयरको काउण्टरमा तोडफोड र कर्मचारीलाई हातपात गरेको आरोपमा नागरिक उड्यान प्राद्यिकरणले उजुरीको दिएपछि उनलाई ओखलढुंगा जान लागेको बेला काठमाडौ विमान स्थलबाट मंगलवार बिहान करीब १२ बजेतिर पक्राउ गरिएको थियो । 
    सोमवार बिहान ११ः४० बजेको बुद्ध एयरको विमान ढिलो भएको कारण किड्नीका बिरामी नेपाली कांग्रेसका नेता दिलिप सहगल छटपटाई रहेको देखेर सांसद साह उनको पीडा सहन नसकी आक्रोशमा आई बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।
    तोडफोड घटनापछि काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एअरका कर्मचारी रोक्न खोजेपछि दुवै पक्षबीच हातहाल समेत भएको थियो ।
    बिरोध सभामा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, राजपा नेपाल सप्तरी अध्यक्षमण्डलका सदस्य सुनिल कुमार झा, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, उपेन्द्र साह, पुनम यादब, युवा नेता बिनोद यादब, मनोज झा, रंजित यादब, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नीपीडितलाई सहयोग
अग्नीपीडितलाई सहयोग
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन  जग्गादानसंगै निजी खर्चमै निर्माण 
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन  जग्गादानसंगै निजी खर्चमै निर्माण 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
पत्रकार झालाई मातृशोक
पत्रकार झालाई मातृशोक

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?