सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली

राजविराज राजविराज
|
शनिबार, पौष १८, २०७७
|
|
४० पटक हेरिएको
Shares
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली

सारांश

  •     संक्रमितहरु आइसोलेशन केन्द्रमा बस्न नचाहेर उनीहरुकै इच्छा अनुसार स्वास्थ्य मापदण्ड अपनाउने शर्तमा होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       यता जिल्लामा कायम रहेका पाँच आइसोलेशन केन्द्र मध्ये हाल सबै खाली अवस्थामा रहेका छन् ।
  • यसअघि १८ वटा स्थानिय तह मध्ये सबैमा क्वारेन्टाइन र पाँच स्थानिय तहमा आइसोलेशन केन्द्र स्थापना गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १७ पुस । 
    सप्तरीमा हाल १३ जना कोरोना संक्रमति रहेका छन् । ती सबै होम आइसोलेशनमा रहेका छन् । 
    संक्रमितहरु आइसोलेशन केन्द्रमा बस्न नचाहेर उनीहरुकै इच्छा अनुसार स्वास्थ्य मापदण्ड अपनाउने शर्तमा होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    यता जिल्लामा कायम रहेका पाँच आइसोलेशन केन्द्र मध्ये हाल सबै खाली अवस्थामा रहेका छन् । यसअघि १८ वटा स्थानिय तह मध्ये सबैमा क्वारेन्टाइन र पाँच स्थानिय तहमा आइसोलेशन केन्द्र स्थापना गरिएको थियो । 
    राजविराजस्थित साइकृष्णा मेडिकल कलेज, कंचनरुप, बोदेबरसाइन, खडग नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका आइसोलेशन केन्द्र संचालनमा रहे पनि ती सबै खाली अवस्थामा छन् । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा संक्रमित नभएर आइसोलेशन केन्द्रहरु खाली नभएको बताउँदै संक्रमितहरु होम आइसोलेशनमै बस्न इच्छा व्यक्त गरेकाले उनीहरुलाई स्वास्थ्य मापदण्डको पालना गर्ने शर्तमा घरमै ब्यवस्थापन गरेको जानकारी दिएका छन् । 
    जिल्लामा हालसम्म २१ हजार ९८ जनाको स्वाव परिक्षण गरिसकिएको जानकारी दिँदै प्रमुख यादवले ती मध्ये १ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको बताए । उनका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमित ४१ जनाको मृत्यु भएको छ । 
    कोरोनाको जोखिम अहिले पनि रहँदा रहँदै संक्रमणबाट जोगिने उपाय तथा सावधानीमा लापरवाही देखिएकोप्रति चिन्ता व्यक्त गर्दै जिल्ला स्वास्थ्य प्रमुख यादवले आवश्यक सावधानी अपनाएर मात्र आ–आफ्ना गतिविधी संचालन गर्न सबैमा आग्रह समेत गरेका छन् ।    
    पछिल्लो चरणमा हाल दैनिक १५ देखी २० जनासम्मको स्वाव परिक्षण भइरहेको र ती मध्ये दैनिक १ देखी ३ जनासम्ममा संक्रमण पुष्टि हुने गरेको उनको भनाई छ । यता विद्यालयहरुमा बनाइएका क्वारेन्टाइन केन्द्र पठनपाठन सुरु भएपछि बन्द गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति 
उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति 
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन