दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
साढेको आक्रमणमा परी सप्तरीमा एक बृद्धाको मृत्यु भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरकी ८० वर्षिया दुर्गिदेवी साहको साढेको आक्रमणमा ज्यान गएको हो ।
सडकमा छाढा छाडिएको साढेले सोमबार राती १० बजेतिर घर नजिकै साहलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
साढेले सिंगले पछाडेर गम्भिर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
यसबारे मंगलबार बिहानै घटनास्थलमा पुगि प्रहरीले थप अनुसन्धान थालेको डिएसपी साहले बताए । सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धीत निकायले वेवास्ता गर्दा यस्तो दुखद घटना भएको भन्दै स्थानियले आक्रोस व्यक्त गरेका छन् ।
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु
सारांश
- जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरकी ८० वर्षिया दुर्गिदेवी साहको साढेको आक्रमणमा ज्यान गएको हो ।
- सडकमा छाढा छाडिएको साढेले सोमबार राती १० बजेतिर घर नजिकै साहलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
- साढेले सिंगले पछाडेर गम्भिर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया