दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश

राजविराज राजविराज
|
मंगलबार, पौष २२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश

सारांश

  •     सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी ५५ वर्षिय यादव मंगलबार नेकपा परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका हुन् ।
  •       प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्वसिचाई मन्त्री यादवलाई जसपा नेपालको केन्द्रिय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् ।
  • उक्त अवसरमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत तथा महिला नेतृ रेणु यादव लगायतको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीको क्षेत्र नं. २ र ३ बाट उम्मेदवारको रुपमा सिफारिस भएका नेकपाका नेता उमेश कुमार यादव जसपा नेपालमा प्रवेश गरेका छन् । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी ५५ वर्षिय यादव मंगलबार नेकपा परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका हुन् । 
    प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्वसिचाई मन्त्री यादवलाई जसपा नेपालको केन्द्रिय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् । उक्त अवसरमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत तथा महिला नेतृ रेणु यादव लगायतको उपस्थिति रहेको थियो । 
    जसपा नेपालमा प्रवेश गरेका नेता यादवले माओवादी नेता मातृका यादव र विश्वनाथ साहको हैकम प्रवृती तथा पार्टी भित्र उनीहरुले चलाएको अलोकतान्त्रिक गतिविधीका कारण पार्टी छोड्न आफू बाध्य भएको प्रतिक्रिया दिएका छन् । 
    उनले अब नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्ने र मुलुकको हित जसपा नेपालबाट मात्र सम्भव भएको बताए । उनी २०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट सप्तरीबाट संविधानसभा सदस्यमा निर्वाचित भई प्रचण्ड नेतृत्वको सरकारमा सिंचाई मन्त्री समेत भएका थिए । उनी जनयुद्धका बेला सप्तरीमा जनसरकार प्रमुखको रुपमा समेत जिम्मेवारी बहन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह