सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड

राजविराज राजविराज
|
बिहिबार, माघ २३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड

सारांश

  •     सिरहाको सखुवानन्कारकट्टीमा बिहीबारदेखी सुरु भएको झण्डा मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
  •     उनले भने, ‘तराई–मधेस बिनाको पहाड रपहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न ।
  • इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।

दैनिक समाचारदाता
सिरहा, २३ माघ । 
    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको बताएका छन् । 
    सिरहाको सखुवानन्कारकट्टीमा बिहीबारदेखी सुरु भएको झण्डा मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
    उनले भने, ‘तराई–मधेस बिनाको पहाड रपहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न । इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।’ 
    उनले मधेश संगको प्रेम टुट्न नदिने भन्दै तराईका सवै जनताको माया पारेर देशको नेतृत्व समेत गरेको बताए । 
    प्रदेश २ मा सिंचाईको प्रमुख समस्या रहेको भन्दै उनले कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने बताए । त्यस्तै हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको र निर्माण पुरा भएपछि यस क्षेत्रमा नयाँ खुशीयाली आउने उनले जिकिर गरे । 
    एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावी गर्दै आवश्यकता बमोजिम संविधान परिमार्जन गर्दै लैजाने संविधानले नै व्यवस्था गरेकोले आवश्यकता बमोजिम परिमार्जन हुने कुरामा सबैलाई विश्वस्त रहन आग्रह गरे । 
मेलाको उद्घाटन समारोहमा नेकपाका केन्द्रिय सदस्य मातृका प्रसाद यादब, नेकपाका केन्द्रिय सदस्य अजय शंकर नायक, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद राम कुमार यादव, सखुवानन्कारकट्टी गापा प्रमुख केदार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेला १० दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह