दैनिक समाचारदाता
काठमाडौ, ८ चैत ।
मेरिकोको केश तेल ब्राण्डहरु मध्ये एक निहारको विशेष उत्पादन “निहार आयुर्वेदिक ठण्डा तेल” को नेपालमा बिक्री शुभारम्भ भएको छ ।
शितलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ ।
सो तेलको प्रयोगले तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्दछ ।
ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल, निहार, ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ ।
निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण छ, जसले कपाललाई पोषण दिन्छ र कपाललाई बलियो तथा बाक्लो बनाउँछ । निहार अलमोन्ड तेलमा भिटामिन इको गुण भरपूर छ, जसले रेशमी र मजबुत कपाल बनाउन मद्दत गर्छ ।
सबै भन्दा पछिल्लो उत्पादन निहार आयुर्वेदिक ठण्डा तेलले विद्यमान उत्पादनको सूचीलाई व्यापक बनाउने र निहार ब्राण्डको वृद्धिगर्ने लक्ष्य लिएको छ । ३ भिन्न साईजहरु १०० मिलि, २०० मिलि र ५०० मिलिमा उपलब्ध निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइने जनाइएको छ ।
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
सारांश
- शितलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ ।
- सो तेलको प्रयोगले तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्दछ ।
- ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल, निहार, ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया