दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
४१ औं सामाजिक सेवा दिवसको अवसरमा राजविराजस्थित साइकृष्ण मेडिकल कलेजको आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितहरुको प्रयोजनका लागि पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ ।
वेल्थ हंगर हाइलाइभ, महुली सामुदायिक विकास केन्द्र तथा सबल नेपालको साझेदारीमा संचालित सरसफाइ कार्यक्रम अन्तर्गत मंगलबार आइसोलेशन सेन्टरमै पुगेर संस्थाका प्रतिनिधिले संयुक्त रुपमा पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रिह प्रदान गरेको हो ।
गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी तथा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवको विशेष उपस्थितिमा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी र सबल नेपालका निर्देशक दिपक झाले संयुक्त रुपमा उक्त परिमाणको सामाग्रि आइसोलेशन व्यवस्थापन समितिका प्रमुख समेत रहेका गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झालाई हस्तान्तरण गरेका छन् ।
संक्रमितहरुको प्रयोजनका लागि प्रदान गरिएको सामाग्रिहरुमा तौलिया, साबुन, टुथपेस्ट, ब्रस, सेनिटाइजर, सर्जिकल मास्क, हर्पिक, नेलकटर, तीन थान पानी खाने फिल्टर तथा महिला संक्रमितहरुका लागि सेनेटरी प्याड लगायतका सामाग्रि रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। झाले जानकारी दिएका छन् ।
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
सारांश
- वेल्थ हंगर हाइलाइभ, महुली सामुदायिक विकास केन्द्र तथा सबल नेपालको साझेदारीमा संचालित सरसफाइ कार्यक्रम अन्तर्गत मंगलबार आइसोलेशन सेन्टरमै पुगेर संस्थाका प्रतिनिधिले संयुक्त रुपमा पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रिह प्रदान गरेको हो ।
- गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी तथा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवको विशेष उपस्थितिमा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी र सबल नेपालका निर्देशक दिपक झाले संयुक्त रुपमा उक्त परिमाणको सामाग्रि आइसोलेशन व्यवस्थापन समितिका प्रमुख समेत रहेका गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
- रन्जित झालाई हस्तान्तरण गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया