दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
आठ वर्षपछि बहुविवाहका फरार एक प्रतिवादी पक्राउपछि सोमबार जेल चलान भएका छन् ।
जेल चलान हुनेमा राजविराज नगरपालिका ८ निवासी ४५ वर्षिय दिनेशकुमार साह छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतले सुनुवाई गर्दै २०७२ साल चैत १७ गते साहलाई एक वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो ।
अदालतको फैसला पछि उनी फरार भएका थिए । वादी पुनम साहको जोहरीले उनीमाथी बहुविवाह मुद्दा चलाइएको थियो ।
घरमै लुकी बसेको गोप्य सूचनापछि पुगेको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई सोमबार नै अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
सारांश
- जेल चलान हुनेमा राजविराज नगरपालिका ८ निवासी ४५ वर्षिय दिनेशकुमार साह छन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतले सुनुवाई गर्दै २०७२ साल चैत १७ गते साहलाई एक वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो ।
- अदालतको फैसला पछि उनी फरार भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया