नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
४८ पटक हेरिएको
Shares
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह

सारांश

  •     पार्टीको कार्यक्रममा सहभागि हुने सप्तरी आईपुग्नु भएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपालको हितमा हुने गरि एमसीसीलाई पारित गरेर बिदेशी सहयोग लिनुपर्ने बताउनुभयो ।
  •     कुनै देशले यदि नेपाललाई सहयोग गर्न चाहन्छन् भन्ने हामीले सहयोग दिनुपर्छ, अध्यक्ष साहले भन्नुभयो–‘‘तर त्यो सहयोग गर्ने नाममा नेपालभित्र छिरेर अशान्त मच्चाउन र देशलाई द्वन्द्व तर्फ धकेल्न नियतबाट आएको हो भन्ने त्यसलाई अस्वीकार पनि गर्नुपर्छ ।
  • ” एमसीसी बारे गहन छलफल गरेर देशको हित हुने गरि मात्र पारित गर्नुपर्ने उहाँको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
    नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नेपालको हितमा हुने गरि अमेरिकाको मिलेनियम च्यालेन्ज कार्पाेरेशन (एमसीसी)लाई पारित गर्नुपर्ने बताउनुभएको छ । 
    पार्टीको कार्यक्रममा सहभागि हुने सप्तरी आईपुग्नु भएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपालको हितमा हुने गरि एमसीसीलाई पारित गरेर बिदेशी सहयोग लिनुपर्ने बताउनुभयो ।
    कुनै देशले यदि नेपाललाई सहयोग गर्न चाहन्छन् भन्ने हामीले सहयोग दिनुपर्छ, अध्यक्ष साहले भन्नुभयो–‘‘तर त्यो सहयोग गर्ने नाममा नेपालभित्र छिरेर अशान्त मच्चाउन र देशलाई द्वन्द्व तर्फ धकेल्न नियतबाट आएको हो भन्ने त्यसलाई अस्वीकार पनि गर्नुपर्छ ।” एमसीसी बारे गहन छलफल गरेर देशको हित हुने गरि मात्र पारित गर्नुपर्ने उहाँको भनाई थियो । 
    एमसीसीको बिषयलाई लिएर पक्ष र बिपक्षमा भईरहेको 
अनावश्यक बहसलाई छाडेर एमसीसी नेपालको हितमा छ वा छैन् भन्नेर सबै दलले सोच्नुपर्नेमा जोड दिनुहुँदै नेपालले सबै देशसँग मित्रवत सम्बन्ध राख्नुपर्ने बताउनुभयो । 
    ललिता निवासको जग्गा अनियमितता प्रकरणमा दुई जना पुर्वप्रधानमन्त्री माधव नेपाल र बाबुरा भट्टराईमाथि मुद्दा नचलाएर अन्य पदाधिकारीमाथि मुद्दा  चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय त्रुटीपुर्ण भएको टिप्पणी समेत उहाँले गर्नुभयो । 
    ठुला नेताहरुलाई छाडेर अन्य पदाधिकारीमाथि मात्रै मुद्दा चलाउने अख्तियारको निर्णयले अख्तियार कतै सरकारको छायाँ त नबनेको हो कि भन्ने आशंका लाग्न थालेको अध्यक्ष साहको कथन थियो ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?