दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागी प्रचार प्रसार सुरु गर्ने मिती फागुन ४ गते देखी १८ गतेसम्म तोकिएको छ । तर उम्मेदवारहरु अहिले देखी नै विभिन्न प्रचार प्रसार गर्ने र मतदाता रिझाउने प्रयासमा जुटेका छन । कुनै एउटा दल नभएर सबै दल यसरी नै प्रचार प्रसारमा व्यस्त छन् ।
उम्मेदवारहरु अहिले सामूहिक बैठकदेखी घरदैलोमा मात्र नभई खेतवारी र खेलकुद प्रतियोगिता भइरहेको खेलमैदान सम्म पुगेर नमस्कार गर्दै मतदाता रिझाउने प्रयासमा लागिपरेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकामा सम्पन्न साकेतचन्द्र मिश्र स्मृती अन्तराष्ट्रिय कुश्ती प्रतियोगिता चलिरहेकै बेला विभिन्न दलका उम्मेदवार खेल मैदान मै पुगेर दर्शकहरुलाई नमस्कार गर्दै मतमाग्न भ्याए । प्रतियोगिता हेर्न आएका हजारौ दर्शकलाई देखेर उत्साहित भएका कतिपय उम्मेदवार त आचारसहिता विर्सेर आफ्नो पक्षमा मत माग्दै भाषण नै ठोकेको स्थानीवासी दिनेश मण्डलले सुनाए ।
उनीहरु जस्तै राजविराज १० डुमरीका राम लखन साहले पनि नेताहरु खेतवारी मै आइपुगेको देख्दा अचम्म लागेको बताए । एक उम्मेदवार बारी मै पुगेर मत मात्र मागेनन्, खुट्टा ढोक्दै आर्शिवाद पनि मागे । प्रचार प्रसार सुरु गर्ने मिती अझ दुई साता भन्दा बढी बाँकी छ, तर त्यस अगावै नै विभिन्न पार्टीका नेता÷कार्यकर्ता आ–आफ्नो सवारी साधनमा चुनाव चिन्ह अंकित झण्डा फहराउँदै आप्mनो उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्दै हिडेका छन ।
सप्तरीमा प्रतिनिधी सभाका चार निर्वाचन क्षेत्रमा ४ लाख ४६ हजार ४ सय २ मतदाता छन ।
खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
सारांश
- उम्मेदवारहरु अहिले सामूहिक बैठकदेखी घरदैलोमा मात्र नभई खेतवारी र खेलकुद प्रतियोगिता भइरहेको खेलमैदान सम्म पुगेर नमस्कार गर्दै मतदाता रिझाउने प्रयासमा लागिपरेका छन् ।
- तिलाठी कोइलाडी गाउँपालिकामा सम्पन्न साकेतचन्द्र मिश्र स्मृती अन्तराष्ट्रिय कुश्ती प्रतियोगिता चलिरहेकै बेला विभिन्न दलका उम्मेदवार खेल मैदान मै पुगेर दर्शकहरुलाई नमस्कार गर्दै मतमाग्न भ्याए ।
- प्रतियोगिता हेर्न आएका हजारौ दर्शकलाई देखेर उत्साहित भएका कतिपय उम्मेदवार त आचारसहिता विर्सेर आफ्नो पक्षमा मत माग्दै भाषण नै ठोकेको स्थानीवासी दिनेश मण्डलले सुनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया