दैनिक समाचारदाता
राजविराज, १० माघ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालयमार्फत विद्यालयहरुमा सेनेटरी प्याड तथा शैक्षिक सामाग्रि राख्ने झोला बितरण कार्यक्रम संचालन गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित श्री माध्यमिक विद्यालय र तिलाठी कोइलाडी गाउँपालिका १ बभनगामाकट्टीस्थित श्री लक्ष्मीबल्लभ नरसिंह माविका कक्षा ८ देखी १० सम्मका ५ सय तथा कक्षा ७ का १ सय ५० बालिकालाई शुक्रबार सेनेटरी प्याड र झोला बितरण गरिएको छ ।
मुख्य मन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगत थालिएको उक्त कार्यक्रम अगामी आर्थिक वर्षदेखी प्रदेशका ८ वटै जिल्लाहरुमा लागु हुने सामाजिक विकास मन्त्रालय मातहात रहेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालले बताए ।
सेनेटरी प्याड तथा झोला बितरण कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले छात्राहरुलाई सहज रुपमा नियमित विद्यालय आउन तथा विपन्न समुदायका छोरीलाई विद्यालयसम्म पहँुच पु¥याउन यस्ता कार्यक्रमहरु संचालनमा ल्याइएको बताए ।
छोरी जोगाउन र उनीहरुलाई नियमित विद्यालय आउन साइकल बितरण, आत्म रक्षा तालिम, जन्मदै बिमा, छात्रबृती लगायत प्रदेश सरकारले विभिन्न प्रभावकारी कार्यक्रम अघि बढाएको र यसले राम्रो परिणाम दिन थालेको उनको भनाई छ ।
सामाजिक बिकृती अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनु पर्ने आवश्यकता औल्याउँदै उनले हरेक बालबालिकालाई शिक्षादिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गरे ।
माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना तीन÷चार दिन कक्षामा अनुपस्थित हुने गर्दा तथा झोला नहुँदा शैक्षिक सामाग्रि हराउने र राख्ने समस्या हुँदा विपन्न समुदायको बालबालिकालाई पनि विद्यालय जाने क्रम नियमित हुन सकेको छैन् । यी समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले छात्राहरुका लागि ती सामाग्रिहरु बितरण गरेको जनाइएको छ ।
छोरीलाई नियमित विद्यालय ल्याउन सेनेटरी प्याड र झोला बितरण
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित श्री माध्यमिक विद्यालय र तिलाठी कोइलाडी गाउँपालिका १ बभनगामाकट्टीस्थित श्री लक्ष्मीबल्लभ नरसिंह माविका कक्षा ८ देखी १० सम्मका ५ सय तथा कक्षा ७ का १ सय ५० बालिकालाई शुक्रबार सेनेटरी प्याड र झोला बितरण गरिएको छ ।
- मुख्य मन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगत थालिएको उक्त कार्यक्रम अगामी आर्थिक वर्षदेखी प्रदेशका ८ वटै जिल्लाहरुमा लागु हुने सामाजिक विकास मन्त्रालय मातहात रहेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालले बताए ।
- सेनेटरी प्याड तथा झोला बितरण कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले छात्राहरुलाई सहज रुपमा नियमित विद्यालय आउन तथा विपन्न समुदायका छोरीलाई विद्यालयसम्म पहँुच पु¥याउन यस्ता कार्यक्रमहरु संचालनमा ल्याइएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया