धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार

राजविराज राजविराज
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२० पटक हेरिएको
Shares
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार

सारांश

  •     धर्नामा बसेका वडाध्यक्षहरु र नगर प्रमुख रामपुकार साह पक्षबीचको विवादले उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ ।
  • धर्नाका कारण कार्यालय ठप्प भएपछि कामकाज समेत प्रभावित छन् ।
  •     दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् ।

दैनिक समाचारदाता
सिरहा, १८ असोज ।

    सिरहाको कल्याणपुर नगररपालिका प्रमुखले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै चार दिनदेखी धर्नामा बसेका ६ वटा वडाध्यक्ष र नगर प्रमुख पक्षबीच बिहीबार झडप भएको छ । 
    धर्नामा बसेका वडाध्यक्षहरु र नगर प्रमुख रामपुकार साह पक्षबीचको विवादले उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ । धर्नाका कारण कार्यालय ठप्प भएपछि कामकाज समेत प्रभावित छन् ।
    दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर बिहीबार साँझसम्म पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
    सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताए ।
    डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरीगरि झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । यता स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् ।
    झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको डिएसपी पाण्डेले बताए । 
    कल्याणपुर नगरपालिकामा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका ६ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
एउटै नगरपालिकाका दश फरार प्रतिवादी पक्राउ
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न