अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी

राजविराज राजविराज
|
बुधबार, मंसिर २८, २०७९
|
|
५८ पटक हेरिएको
Shares
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी

सारांश

  •     बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीका सप्तरी जिल्ला सहइन्चार्ज समेत रहेका नेता लेखीले काम चलाउ सरकारले कुनै पनि अध्यादेश ल्याउन नमिल्ने दाबी गरे ।
  • उनले सरकारले अध्यादेशको बहानामा थारुलाई झुक्याउने काम समेत गरेको आरोप लगाए ।
  •       नेता लेखीले अध्यादेशको बहानामा सरकारले प्रहरी निकायमा समेत चहलखेल गर्न लागेको बताउँदै आफ्नो अनुकुल प्रहरी संगठनलाई प्रभावमा लिने गरि उमेर हदबन्दी तथा अन्यगतिबिधी बढाउन लागेको दोषारोपन समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 

    नवनिर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखीले रेशम चौधरी लगायतका आन्दोलनकारीलाई रिहा गर्ने नाउँमा सरकारले ल्याएको अध्यादेश संविधान विपरीत भएको बताएका छन् । 
    बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीका सप्तरी जिल्ला सहइन्चार्ज समेत रहेका नेता लेखीले काम चलाउ सरकारले कुनै पनि अध्यादेश ल्याउन नमिल्ने दाबी गरे । उनले सरकारले अध्यादेशको बहानामा थारुलाई झुक्याउने काम समेत गरेको आरोप लगाए । 
    नेता लेखीले अध्यादेशको बहानामा सरकारले प्रहरी निकायमा समेत चहलखेल गर्न लागेको बताउँदै आफ्नो अनुकुल प्रहरी संगठनलाई प्रभावमा लिने गरि उमेर हदबन्दी तथा अन्यगतिबिधी बढाउन लागेको दोषारोपन समेत गरे ।  
    उनले भने “यसरी संविधान बिरोधी काम भइरहदा त्यसको बिरोध हुनुपर्छ, चुप लागेर बस्न मिल्दैन ।” वर्तमान सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र समेत रहेको र माओवादी अध्यक्ष प्रचण्डले उत्ति बेलानै सुनसरीको झुम्का र काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा रेशम लगायतका अन्य निर्दोष आन्दोलनकारी ६ महिनाभित्रै रिहा हुने भने पनि त्यति बेला रिहा नगरि अहिले रिहाईको नाममा अध्यादेश ल्याउनुको के औचित्य हो ? लेखीको प्रश्न थियो ।
    लाल आयोगको प्रतिवेदन चार वर्षदेखी लुकाएर राख्ने सरकारको नियतले पनि रेशम चौधरी निर्दोष थिए भन्ने प्रमाणित भएको लेखीको जिकिर थियो । उनले थरुहट आन्दोलन लगायत अधिकार प्राप्तिका आन्दोलनमा झुठा मुद्दा लगाएर फसाइएकाहरुको अविलम्ब रिहाईको माग गर्दै जनतालाई ढाट्ने काम बन्द हुनु पर्नेमा जोड दिए । 
    कार्यकाल सकिन्न तीन चार दिन मात्र बाँकी रहेको समयमा सरकारले अध्यादेशको नाऊमा अफताब आलम लगायतका केही अपराधीहरुको माधयमबाट आफ्नो स्वार्थपूर्ती गर्न चाहेको उनको दाबी थियो । उनले अधयादेश मार्फत अपराधीलाई चोख्याउने काम कदापी गर्न नहुने समेत बताए ।
    पत्रकार सम्मेलनमा नेकपा एमालेका सप्तरी सचिव देवनाथ यादव समेतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?