अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै

राजविराज राजविराज
|
बुधबार, पौष ९, २०७६
|
|
४४ पटक हेरिएको
Shares
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै

सारांश

  •     गाउँपालिकाका प्रमुख परमानन्द यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तथा पूर्व जानकारी बिनै परिषद गर्न लागेको भन्दै वडाध्यक्ष र अन्य राजनीतिक दलका स्थानिय नेता कार्यकर्ताहरुले मिलेर तालाबन्दी गरेका हुन ।
  •       वडा नं.
  • ६ का अध्यक्ष कमलदेव यादव, वडा नं.

दैनिक समाचारदाता
राजविराज, ९ पुस । 
    सप्तरीको राजगढ गाउँपालिकामा मनपरी तथा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले वडा नं. ३ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् । 
    गाउँपालिकाका प्रमुख परमानन्द यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तथा पूर्व जानकारी बिनै परिषद गर्न लागेको भन्दै वडाध्यक्ष र अन्य राजनीतिक दलका स्थानिय नेता कार्यकर्ताहरुले मिलेर तालाबन्दी गरेका हुन । 
    वडा नं. ६ का अध्यक्ष कमलदेव यादव, वडा नं. २ का अध्यक्ष ललित सिंह, वडा नं. ४ का अध्यक्ष हेम नारायण साहका साथै राजपा, समाजवादी पार्टी र नेकपाका स्थानिय नेता कार्यकर्ताहरु मिलेर तालाबन्दी गरेका छन् । 
    उनीहरुले गाउँपालिका प्रमुख यादवले मनपरी तथा गोप्य ढंगले काम गर्ने गरेको तथा विकास निर्माणको विभिन्न कार्यमा अनियमितता गरेको आरोप लगाउँदै तालाबन्द गरिएको जनाइएको छ । 
    गाउपालीकालाई तीन जना वडाध्यक्षहरूले संयुक्त रुपमा गाउँपालिकामा बुझाएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकको जानकारी समयमा नदिएको, बैठकको निर्णय समयमा सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको आरोप लगाइएको छ ।
    त्यस्तै विभिन्न चरणमा आय–व्यय विवरण पास गर्नुपर्ने नियमविपरीत आफूखुसी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधी खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्ष लगायतका स्थानीय जनप्रतिनिधि समेतलाई जानकारी नदिई आफूखुसी समिति गठन गरेको ज्ञापनपत्र मार्फत आरोप लगाइएको छ ।
    यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकामा समेत आर्थिक अनियमितताको आरोप लगाउँदै स्थानिय एक पक्षले तालाबन्दी गरेका छन् । त्यो तालाबन्दी अझै खुलेको छैन । 
    त्यस्तै ७ महिना अघि सदरमुकाम राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पनि आर्थिक अनियमितता भएको भन्दै पदाधिकारीहरुकै एक समुहद्वारा तालाबन्दी गरिएको थियो । 
    त्यहा गरिएको तालाबन्दी पनी खुलाउन कुनै निकायबाट साकारात्मक पहल नहुँदा ७ महिना अघि लगाइएको ताला अहिले सम्म खुलेको छैन । जसकारण कार्यालयबाट प्रवाह हुने सेवा र दैनिकी कामकाज लामो समयदेखि ठप्प छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?