दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय लामो समयदेखी दुई कर्मचारीको भरमा संचालन हुँदै आएको छ । सो कार्यालयले उपभोक्ताको हीतका लागि बजार अनुगमनदेखी अन्य दैनिकी कार्य समेत सम्पादन गर्छ ।
दुई जना कर्मचारीको भरमा संचालन हुँदै आएको यस कार्यालयले दुई जिल्ला पनि हेर्छ । संघिय सरकारको मातहतमा रहेको उक्त कार्यालय २०७५ असोज ११ गते देखी राजविराजमा स्थापना भएको हो ।
उपभोक्ताको हितमा खाद्य वस्तुको विक्रीवितरण, गुणस्तर, म्याद भए नभएको, पसल उधोग दर्ता, नविकरण तथा सचेतना लगायतका क्षेत्रमा अनुगमन र गतिविधी संचालन गर्दै आएको कार्यालयले सप्तरी र सिरहा जिल्ला हेर्दै आएको छ ।
दुई जिल्लाको बजार अनुगमन गर्ने जिम्मेवारी पाएको यस कार्यालयमा कर्मचारी र चार पाङग्रे सवारी साधन छैन् । जसको अभावले निकै समस्या भोग्नु परिरहेको कार्यालय प्रमुख सुरेश सिहको भनाई छ ।
दुई जिल्ला हेर्ने उक्त कार्यालयमा अहिले एक जना प्रमुख र एक जना कार्यालय सहयोगी मात्र छन् । प्रमुख सिंहका अनुसार कार्यालयमा एक जना खाद्य अनुसन्धान अधिकृत, दुई जना प्राविधीक सहायक र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेपनि प्राविधीक सहायकको दुबै पद रिक्त रहेको छ । एउटा मोटरसाईकलको भरमा दुई जिल्लाका बजार अनुगमन गर्नू पर्दा समस्या हुने गरेको उनको भनाई छ ।
यस्तै बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरुको परिक्षणका लागी नमुना संकलन गर्न ल्याउन खोज्दा मोटरसाईकलमा सम्भव नहुँदा भाडाका चार पाङ्ग्रे सवारीमा ल्याउदा चर्काे मुल्य तिर्नुपर्ने बाध्यता रहेको प्रमुख सिंहले बताए ।
उनले कर्मचारी अभाव बारे सम्बन्धित मन्त्रालयमा पहल थालेको र रिक्त दरबन्दी चाडै प्रक्रिया पुरा गरी पुर्ती गरिने आश्वाशन पाएको बताए ।
आर्थिक वर्ष २०७८÷०८९ को हाल सम्मको अवधीमा उक्त कार्यालयले सप्तरी र सिरहाका ग्रामिण र शहरी क्षेत्रका बजारमा ५२ पटक बजार अनुगमन तथा सोही अवधीमा होटलहरुमा ४४, हाट बजारमा ४ र संयुक्त बजार अनुगमन समिती मार्फत १८ पटक बजार अनुगमन गरिसकेको प्रमुख सिंहले जानकारी दिए ।
त्यस्तै सोही अवधीमा जिल्लाका ५१ वटा उधोगहरुको अनुगमन समेत गरिसकेका सो कार्यालयले उपभोक्ता, उत्पादककर्ता र विक्रेताको सहभागितामा खाद्य स्वच्छता सम्बन्धि १७ वटा सचेतनामुलक कार्यक्रम समेत संचालन भइसकेको छ ।
दुई कर्मचारीले दुई जिल्ला धान्दै
सारांश
- दुई जना कर्मचारीको भरमा संचालन हुँदै आएको यस कार्यालयले दुई जिल्ला पनि हेर्छ ।
- संघिय सरकारको मातहतमा रहेको उक्त कार्यालय २०७५ असोज ११ गते देखी राजविराजमा स्थापना भएको हो ।
- उपभोक्ताको हितमा खाद्य वस्तुको विक्रीवितरण, गुणस्तर, म्याद भए नभएको, पसल उधोग दर्ता, नविकरण तथा सचेतना लगायतका क्षेत्रमा अनुगमन र गतिविधी संचालन गर्दै आएको कार्यालयले सप्तरी र सिरहा जिल्ला हेर्दै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया