झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश

राजविराज राजविराज
|
शुक्रबार, जेठ ५, २०८०
|
|
६९ पटक हेरिएको
Shares
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश

सारांश

  •     उनी सहित सो प्रकरणमा २६ जना विरुद्ध सप्तरी जिल्ला अदालतले गत बैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
  •       राम स्वयम् अदालतमा हाजिर भएपछि भएको थुनछेक बहस पश्चात न्यायाधिश हरिशचन्द्र इंङ्गनामको इजलासले ५० हजारको धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
  •       योसँगै उक्त प्रकरणका ५ जना आरोपि धरौटी बुझाएर हाल सम्म मुक्त भएका छन् भने २१ जना अझै फरार छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।   

    झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता दिएको प्रकरणमा जोडिएका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार राम शुक्रवार ५० हजार धरौटी बुझाएका छन् । सो धरौटी बुझाएपछि उनी पक्राउबाट जोगिएका छन् । 
    उनी सहित सो प्रकरणमा २६ जना विरुद्ध सप्तरी जिल्ला अदालतले गत बैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो । 
    राम स्वयम् अदालतमा हाजिर भएपछि भएको थुनछेक बहस पश्चात न्यायाधिश हरिशचन्द्र इंङ्गनामको इजलासले ५० हजारको धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो । 
    योसँगै उक्त प्रकरणका ५ जना आरोपि धरौटी बुझाएर हाल सम्म मुक्त भएका छन् भने २१ जना अझै फरार छन् । 
    २०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सुर्य नारायण यादवको छोरा सतिष यादवको नेपाली नागरिकता जारी भएकोमा सतिष यादव सूर्यनारायण यादवको छोरा नभएको र झुठ्ठा विवरण पेश गरी नागरिक्ता दिइएको भन्दै दर्ता भएको अभियोग पत्रमा अधिकृत राम समेत प्रतिवादि रहेका छन् ।
    नागरिक्ता जारी भएका बेला प्रशासकिय अधिकृत राम जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत थिए । हाल उनी विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमा वहाल छन् । उनी केही दिनअघि मात्र विष्णुपुर गाउँपालिकामा सरुवा भई सो जिम्मेवारी प्राप्त गरेका छन् । उनले यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा अनाहकमा आफ्नो नाम जोडिएको दावी गर्दै आएका छन् । 
    अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त प्रकरणका आरोपि २६ जना मध्ये राजविराज नगरपालिका ११ का वडा अध्यक्ष उदित नारायण यादव, झुठ्ठो विवरण पेश गरी नागरिक्ता लिएका सतिष र उनका बुवा दावि गरिएका सूर्यनारायण यादव जनही १÷१ लाख तथा स्थानीयवासी राधेश्याम यादव २५ हजार धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल
तस्करीका काठसहित सदा पक्राउ
तस्करीका काठसहित सदा पक्राउ
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
“म लेख्न सक्छु” अभियान सुरू 
“म लेख्न सक्छु” अभियान सुरू 
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
आगलागिले दुई घरमा क्षति एक बालिका बेहोस