दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
समुन्नती कार्यक्रम अन्तर्गत कक्षा कोठामा लेखन सीपको बृद्वी भए नभएको भन्दै लेखन सीप अभियान सोमबार सुरू गरेको छ ।
सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा आधारभुत बिद्यालय देउरी भरूवामा कक्षा १ देखि ५ सम्मका बाल कक्षाका छात्रछात्राहरूलाई पढाएको कुरा, सीपको बिकास सँगै शिक्षकलाई पनि सजग हुने गरि बालवालिकाको कमजोरीको तथ्यगत पत्ता लगाउन कार्यक्रम लाभदाय हुने विश्वासका साथ अभियान संचालन गरिएको जनाइएको छ ।
लेखन सीप, बोलाईको सीपको बिकास भएन भएको सम्बन्धमा पनि यस अभियान प्रक्रियामा कतिको सीपमा कतिको छात्रछात्रा स्तरमापनमा बृद्वि भएको कुरा पत्ता लगाउन छात्रछात्रालाई अभ्यास गर्न लागेको सेभ द सप्तरीका फिल्ड अफिसर घुरन यादबले जानकारी दिए ।
आधारभुत बिद्यालय देउरी भरूवामा बालबिकास देखि कक्षा ५ सम्मका बालवालिकाहरू लेखन सिकाई, माध्यममा सहयोग, हाउभाउ, सांकेतिक भाषामा पकड र बालवालिकाहरूलाई लेखन र पढनका लागि लेखन “म लेख्न सक्छु” अभियान कार्यक्रमले सिकाईमा ठूलो सहयोग पुग्ने राजबिराज नगरपालिकाका शिक्षा संयोजक देबकुमार यादबले बताए ।
यस्तै ब्यबस्थापन समितिका अध्यक्ष उमेश यादबले बिद्यार्थी अनुपातमा बिद्यालयमा शिक्षकको अभाव रहेकोले पठनपाठन गराउन समस्या हुने गरेको गुनासो गरे ।
शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालयले करार शिक्षक नियुक्ती गर्न बिद्यालयलाई भनिए पनि राजबिराज नगरपालिकाले सिफारिस नदिदाँ पठनपाठनमा अबरोध हुने गरेको विद्यालयका प्रअ रामबिलास यादबले गुनासो गरे ।
उक्त अवसरमा राजबिराज नगरपा२स्लिका शिक्षा संयोजक देबकुमार यादब, बिद्यालयका प्रअ रामबिलास यादब, ब्यबस्थापन समिति अध्यक्ष उमेश यादब, सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादब, रामेश्वर यादब, लगायतले लेखन सीप लगायत अन्य कक्षा कोठाको शिक्षण सिकाई बाल कक्षा शिक्षिकाहरूसँगै बिद्यालयको विभिन्न बिषय समेत छलफल गरिएको थियो ।
“म लेख्न सक्छु” अभियान सुरू
सारांश
- सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा आधारभुत बिद्यालय देउरी भरूवामा कक्षा १ देखि ५ सम्मका बाल कक्षाका छात्रछात्राहरूलाई पढाएको कुरा, सीपको बिकास सँगै शिक्षकलाई पनि सजग हुने गरि बालवालिकाको कमजोरीको तथ्यगत पत्ता लगाउन कार्यक्रम लाभदाय हुने विश्वासका साथ अभियान संचालन गरिएको जनाइएको छ ।
- लेखन सीप, बोलाईको सीपको बिकास भएन भएको सम्बन्धमा पनि यस अभियान प्रक्रियामा कतिको सीपमा कतिको छात्रछात्रा स्तरमापनमा बृद्वि भएको कुरा पत्ता लगाउन छात्रछात्रालाई अभ्यास गर्न लागेको सेभ द सप्तरीका फिल्ड अफिसर घुरन यादबले जानकारी दिए ।
- आधारभुत बिद्यालय देउरी भरूवामा बालबिकास देखि कक्षा ५ सम्मका बालवालिकाहरू लेखन सिकाई, माध्यममा सहयोग, हाउभाउ, सांकेतिक भाषामा पकड र बालवालिकाहरूलाई लेखन र पढनका लागि लेखन “म लेख्न सक्छु” अभियान कार्यक्रमले सिकाईमा ठूलो सहयोग पुग्ने राजबिराज नगरपालिकाका शिक्षा संयोजक देबकुमार यादबले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया